पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा

पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा

spa

पोखरा । कास्की प्रहरीले पोखराको लेकसाइडका तीन स्पा सेन्टरबाट ८ जना बालबालिकाको उद्धार गरेको छ ।

स्पा सेन्टरहरुबाट १८ वर्ष भन्दा मुनिका ८ जना बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ ।

स्पा सेन्टरमा बालबालिकाहरुलाई कममा लगाएको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले लेकसाइड क्षेत्रका स्पा सेन्टरमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा प्रहरीले पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट दुई तथा ईभेन्डर ब्यूटी एण्ड स्पाबाट चार जना बालिकाको उद्धार गरेको हो।

बाल श्रम ऐन, २०५६ विपरित जोखिम पूर्ण व्यवसायमा लगाएको पाइएकोले सो कार्यमा संलग्न स्पा सेन्टरहरुलाई आवश्यक कारबाहीको दायरामा ल्याएको प्रहरीको भनाई छ ।

उद्धार गरिएका बालिका र आवश्यक कारबाहीका लागि संलग्न स्पा सञ्चालकलाई श्रम तथा रोजगार कार्यालय, पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds