पोखरा । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्दै कमेन्ट गर्ने एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन घर भई ललितपुरमा बस्दै आएका ३३ वर्षीय गुन्जन राई रहेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले एलिनाले दिएको उजुरीपछि राइलाई ललितपुरको बाँडे गाउँबाट पक्राउ गरेको हो।
पक्राउ परेका राईले ४०/५० वटा नक्कली आईडी तयार गरेर त्यसको दुरुपयोग गरेको खुलेको छ।
ती आईडी पनि बन्द गरिएको प्रहरीले जनाएको छ। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट आजै म्याद थपेर अनुसन्धान गर्ने तयारी गरेको छ।
गायिका चौहानले आफूलाई लान्छना लगाउँदै कमेन्ट गर्ने क्रम नरोकिएपछि साइबर ब्युरोमा उजुरी गरेकी थिइन्। त्यसअघि गायिका चौहानसँगै अर्की गायिका समीक्षा अधिककारीले पनि यसरी गालिगलौज गर्नेको प्रोफाइल र कमेन्ट सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गर्दै आएका थिए।
तर यो क्रम नरोकिएपछि चौहानले ब्युरोमा उजुरी दिन बाध्य भएको बताएकी थिइन्।
यसै विषयमा गायीका चौहान र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेरसमेत कुरा राखेका थिए। गृहमन्त्री लेखकले यो विषयमा गम्भीरतापूर्वक कारबाही अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह