एक व्यक्तिले गरे श्रीमतीसहित परिवारका चार जनाको हत्या

एक व्यक्तिले गरे श्रीमतीसहित परिवारका चार जनाको हत्या

mahila hatyaa

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका– २ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ।

भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका राजेन्द्र राईले श्रीमतीसहित ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सपन गिरीको हत्या गरेको हो । उनीहरूबीच मनिषाको विषयमा विवाद रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए । विवाद हुँदा सासुले आफूलाई छुरा हानेको प्रारम्भिक बयान राजेन्द्रले दिएका छन् । त्यसपछि आक्रोशमा आएर श्रीमतीसहित सबैको ज्यान लिएको उनले सुरूवाती बयान दिएको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ