घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटबाट बाहिरिएकोे छ ।
शनिबार उज्वेकिस्तानमा निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । समूह ‘एफ’मा समान तीन खेलबाट समान सात अंक भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यसपछि भएको पेनाल्टीमा नेपालकी कप्तान सावित्रा भण्डारी र गोलकिपर अञ्जना रानामगर चुकेका थिए ।
सावित्राको प्रहार बारमा लागेर फर्किएको थियो । अञ्जनाको प्रहार उज्वेकिस्तानकी गोलकिपर माफ्नुताले रोकिन् । नेपालका लागि गीता राना र सविता रानामगरले मात्रै गोल गर्न सके । उज्वेकिस्तानका चारै पेनाल्टी सफल भएको थियो । पहिलोपटक नेपाली राष्ट्रिय टिम हेरेका प्रशिक्षक प्याट्रिक डी वाइल्ड आफ्नो टोलीलाई एसिया कपमा छनोट गराउन असफल भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बेल्जियम प्रशिक्षक प्याट्रिकलाई यही प्रतियोगितालाई आधार बनाएर नियुक्त गरेको थियो ।
यो जितपछि उज्वेकिस्तानले सन् २०२६ को एसियन कपमा स्थान बनाएको छ । यस्तै, सन् २०२७ ब्राजिलमा हुने फिफा विश्वकपको सम्भावना कायमै राखेको छ । उज्वेकिस्तानको महिला फुटबलका लागि यो ठुलो उपलब्धिसमेत हो । टोली पहिलोपटक एसियन कपमा छनोट भएको छ । उज्वेकिस्तानको जितमा डियोराखोन खाबिबुलाएभ, ल्युडमिला कराचिक र माफतुना सोयिमोभाले गोल गरेका थिए । नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरेकी थिइन् ।
पहिलो हाफको इन्जुरी समयमा उज्वेकिस्तान १० खेलाडीमा सीमित भयो । सावित्रालाई लगातार फाउल गरेपछि उज्वेकिस्तानकी मिडफिल्डर नोजिमाखोन इर्गासेबाले दोस्रो पहेँलो कार्ड देखाइएको थियो । रातो कार्डपछि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै बराबरी गरेका थिए । सावित्राले दुई मिनेटको अन्तरमा दुई गोल गरेकी थिइन् ।
बंगलादेशसँगै भारत पनि छनोट
दक्षिण एसियाली मुलुकबाट बंगलादेशपछि भारत एएफसी एसिया कपमा छनोट भएको छ । घरेलु टोली थाइल्यान्डविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै भारत अस्ट्रेलियाको टिकट काट्न सफल भयो । जितसँगै चार खेलमा १२ अंक जोेडेको भारत समूह ‘बी’को शीर्ष स्थानमा रह्यो ।
भारत छनोट हुँदा बलियो थाइल्यान्ड भने बाहिरिएको छ । भारतले पछिल्लोपटक सन् २००३ को एसियन कप खेलेको थियो । टोलीले हालसम्म नौपटक एसियन कप खेलिसकेको छ । यसअघि भारतले मंगोलियालाई १३–०, टिमोर लिस्टेलाई ४–० र इराकलाई ५–० ले पराजित गरेको थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला