गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन

गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन

Gorkha pic

पोखरा । गण्डकी प्रदेशका क्रियाशील फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो संस्थागत विस्तार अभियान अन्तर्गत गोरखा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गोरखाका अग्रज फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरिएको छ ।

उक्त कार्यक्रमका प्रमुख वक्ताका रूपमा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर केसीले गोरखा जिल्ला समितिको गठन सँगै संघले पूर्णता पाएको बताउँदै अब सबै मिलेर फोटोग्राफरहरूको हकहित र व्यावसायिक सशक्तिकरणको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाए ।

त्यसैगरि फोटोग्राफर संघ गण्डकीका संस्थापक अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले व्यावसायिक एकता र संस्थाको आवश्यकताका बारेमा प्रकाश पारेका थिए ।

संस्थाका बरिष्ठ उपाध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तुलसीराम सुबेदीले संघको वैधानिक पक्ष, संरचना, र स्थानीय देखि केन्द्र सम्मको सहकार्यको महत्व बारे जानकारी दिए ।

कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्तबहादुर तामाङ, पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्मा जैसी, तनहुँ फोटोग्राफर संघका अध्यक्ष आलोक कुमाल, नवलपुर फोटोग्राफर संघका अध्यक्ष कुशल अधिकारी, साथै स्याङ्जा र बागलुङ जिल्लाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । सहभागी जिल्ला अध्यक्षहरू र प्रदेश प्रतिनिधिहरुले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रकट गरे ।

कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका महासचिवले प्रेम प्रसाद पराजुलीले फोटोग्राफर संघ गण्डकीलाई प्राप्त गोर्खा जिल्ला समिति को प्रस्तावीत नामावली प्रस्तुत गरेका थिए भने सो प्रस्तावीत नामावलीलाई सर्वसम्मत पारित गरिएको थियो ।

नवगठित गोरखा समितिमा अध्यक्षः रामप्रसाद भट्ट,उपाध्यक्षः सबिन केसी,सचिवः सुकबहादुर नेपाली,सह–सचिवः पारस बोगटी,कोषाध्यक्षः गणेश श्रेष्ठ,सदस्यहरूमा सम्भु श्रेष्ठ, सजिन थापा, प्रमिला आले, सञ्जीत श्रीमल रहेका छन् ।

कार्यक्रमको संचालन सचिव सुकबहादुर नेपालीले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सबिन केसीले राखेका थिए । नवगठित समितिलाई गण्डकी फोटोग्राफर संघका अध्यक्ष नारायणबहादुर केसीले खादा लगाई सम्मान गरेका थिए । त्यस अघि गोरखाको बारर्पाकमा फोटोग्राफर संघ गण्डकीको अन्र्तकृया सहितको कार्यक्रम सम्पन्न भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ