पोखरा । पोखराका विभिन्न ठाउँबाट जुवातास खेलिरहेका अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेल्ने गरेको भन्ने सूचनाको आधारमा अस्ति आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका– १० रक्षामार्गबाट ९ जना र जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले पोखरा महानगरपालिका– १५ घलेचोकबाट ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रक्षामार्गबाट पक्राउ पर्नेहरुमा पोखरा– १९ लामाचौर बस्ने बर्ष ३८ को ईप्रसाद छन्त्याल, पोखरा– ११ फुलबारी बस्ने बर्ष ३९ को हेम नारायण गर्बुजा, पोखरा– १२ माटेपानी बस्ने बर्ष ४१ को लिलप्रसाद गुरुङ, पोखरा– २९ सैनीक बस्ती बस्ने बर्ष ५१ को टेक बहादुर गुरुङ, पोखरा– १६ बस्ने बर्ष ३४ की रेनु गर्बुजा, पोखरा– ९ न्युरोड बस्ने बर्ष ३४ की दिपा पुन, पोखरा– १५ नयाँगाँउ बस्ने बर्ष ३२ की जेनिषा पुन, पोखरा– १४ चाउथे बस्ने बर्ष ३७ की पुष्पा पुन र पोखरा– १० रक्षा मार्ग बस्ने ३९ को दल बहादुर पुन गरी ९ जना रहेका छन्। प्रहरीले जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई नगद २ लाख २२ हजार ८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, घलेचोकबाट जुवातास खेलिरहेका अवस्थामा पोखरा– १० बस्ने बर्ष ३४ को चन्द्र बहादुर पुन, पोखरा– १० रंगशाला बस्ने बर्ष ४४ की कल्पना भन्ने टिकामाया आले, पोखरा– १० काजीपोखरी बस्ने बर्ष३७ की बिष्णु थापा, पोखरा– १५ लक्ष्मीटोल बस्ने बर्ष ४२ की सोनी गुरुङ, पोखरा– १५ घलेचोक बस्ने बर्ष ४२ को हिमाल गुरुङ, पोखरा– १९ लामाचौर बस्ने बर्ष ४५ की केश कुमारी गुरुङ, पोखरा– १० काजिपोखरी बस्ने बर्ष ५१ को टोप बहादुर थापा र पोखरा– १५ मितेरी टोल बस्ने बर्ष ६७ को बलराम गुरुङ गरी ८ जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ९० हजार ९८५ रुपौयाँ र ४ बुक ताससमेत बरामद गरेको छ।
पक्राउ परेका उनीहरू सबैजनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाइको छ ।
सम्बन्धित खबर
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
परिचय खोल्दै बलेविरूद्ध संगम बिष्टको आक्रामक स्टाटसः ‘कत्थक नाच्थेँ, अब ताण्डव गर्छु’
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
डिजिटल हिंसामा परेपछि अमिशा पुगिन् साइबर ब्युरो
चल्ती जीपमै बालिकामाथि दुर्व्यवहार, चालक पक्राउ
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह