स्याङ्जाको एक पालिकालाई सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा गरिएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा भएको हो ।
घोषणासंगै सडक बालबालिका तथा बालश्रम मुक्त बनाउने फेदीखोला गाउँपालिका जिल्लाकै दोस्रो पालिका बनेको हो । यसअघि गतवर्ष बिरुवा गाउँपालिकाले सडक बालबालिका तथा बालश्रम मुक्त पालिका घोषणा गरेको थियो ।
‘‘सडक बालबालिकाको उद्धार र व्यवस्थापन गरौं, बालश्रम अन्त्य गरौं’’ भन्ने अभियानका साथ फेदीखोला गाउँपालिकालाई सडक बालबालिका तथा बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ बमोजिम गाउँपालिकालाई बालश्रम मुक्त स्थानीय तह घोषणा भएको जनाइएको छ ।
सडक बालबालिका तथा बालश्रम मुक्त गाउँपालिका बनाउनका लागि अनाथ, असहाय तथा अभिभावकबिहिन बालबालिकाको सर्वेक्षण गरी तथ्यांक संकलनसहित बालअधिकारसम्बन्धी विभिन्न प्रकारका सचेतनामूलक अभियान सञ्चालन गरी सडक बालबालिका तथा बालश्रम मुक्त बनाउन सफलता मिलेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । ‘‘पालिकाभित्र कुनै प्रकारका सडक बालबालिका तथा बालश्रमिक छैनन् । जोखिममा रहेका बालबालिकाको पहिचान भइसकेको छ ।’’ अध्यक्ष सुवेदीले भने ।
जिल्ला समन्वय प्रमुख, उपप्रमुख, स्थानीय जनप्रतिनिधि, कर्मचारी, विद्यार्थीहरुसहित शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब, बालसंजाल, राजनीतिकर्मीलगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर गाउँपालिकालाई सडक बालबालिका तथा बालश्रम मुक्त पालिका घोषणा गरिएको उनले बताए ।
कार्यक्रममा जिल्लाको एक मात्र सञ्चालनमा रहेको अमोर सेवा बालगृहकी सञ्चालक तथा संरक्षक कमला पराजुलीलाई सम्मान गरिएको थियो भने बालगृहका बालबालिकाले बालश्रम मुक्त चेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरेका थिए । आर्थिक अवस्था कमजोर रहेका विपन्न १०४ बालबालिकालाई गाउँपालिकाबाट शैक्षिक क्षेत्रमा आर्थिक सहायता समेत प्रदान गरिएको छ ।
औपचारिक कार्यक्रमपूर्व गाउँपालिकाको प्रशासकीय भवनबाट जनचेतनामूलक प्ले कार्डसहित नारा लगाउँदै फेदीखोला बजार परिक्रमा गरी सानाकिसान सहकारी संस्थाको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ