पोखरा । भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार र्याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।
पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताए ।
पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत गर्नुभएका थापाका अनुसार भारतीय पर्यटकको टोलीले पोखरा आसपासका पर्यटकीय गन्तव्य क्षेत्रको भ्रमण गरेको थियो ।
उक्त टोलीले बञ्जी, जीपलाइन, स्वीङ लगायतका गतिबिधिका साथै पोखरामा अफरोड कार ड्राइभ सहित ग्यारजाती, मेथलाङ, सेदी लगायतका स्थान पुग्दै त्यसको रोमाञ्चक अनुभव लिएको उनले जानकारी दिए ।
पोखरामा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, बुमरेङ रेष्टुरेन्ट, प्याडल नेपाल लगायत संघसंस्थाले सहयोग गरेका थिए ।
पटनाबाट बीरगञ्ज हुँदै पोखरा र यस आसपासका क्षेत्रमा गरिएको कार र्यालीको यात्रा रोमाञ्चक भएको मगध मोटर स्पोट्स क्लब पटना बिहारका अध्यक्ष प्रनभ साहीले बताए । पछिल्लो समयमा यस क्षेत्रको सडकको सुधार भएकोले पनि यात्रा सहज भएको उनको अनुभव छ । अध्यक्ष साही सहित क्लबका सचिव निलमणि कुमार, कोषाध्यक्ष एवम् कार र्याली संयोजक सुमिता साही, उपाध्यक्ष एस के सिंह लगायत सहभागी थिए ।
नेपालको पर्यटन प्रवद्धनमा कार र्याली जस्ता कार्यक्रम महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए । बोर्डले यहाँको पर्यटकीय आकर्षण बढाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने उनको भनाइ छ ।
भारतीय पर्यटकको कार र्याली जस्ता गतिविधिले पोखराको पर्यटनमा विशिष्ट महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
पोखरा सबै मौसमका लागि भन्ने नारालाई यस्ता कार्यक्रमले थप मद्धत पुर्याउने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले बताए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो