मजदुरलाई कुटपीट गरेको निवेदन परेपछि रास्वपा नेता अर्याल प्रहरी नियन्त्रणमा

अपडेटः

मजदुरलाई कुटपीट गरेको निवेदन परेपछि रास्वपा नेता अर्याल प्रहरी नियन्त्रणमा

prakash aryal waling

स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाका स्थानीय नेता प्रकाश अर्यालले कुटपीट गरेको भन्दै मजदुरले निवेदन दिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

वालिङमा मिस्त्री काम गर्दै आएका राजकुमार राईले उनीविरुद्ध वडा प्रहरी कार्यालय वालिङमा मंगलबार निवेदन दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्न नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

स्याङ्जाका प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले अर्याल प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे । उनले गण्डकन्यूजसँग भने – ‘कुटपीट भएको भन्दै निवेदन आएपछि घटनामा संलग्लनताबारे अनुसन्धानका लागि मंगलबार नियन्त्रणमा लिएका हौं ।’

प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । हिजोदेखि नै अर्याल प्रहरी हिरासतमा छन् ।

सम्बन्धित समाचारः

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ