पोखरा । समयमा नै सावधानी अपनाउन नसके यो वर्ष ६० हजारभन्दा बढी लाई डेंगु संक्रमण हुन सक्ने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ।
सावधानी नअपनाउने हो भने गत वर्ष झैँ यो वर्ष पनि डेंगु संक्रमण बढ्ने महाशाखाको तर्क छ।
महाशाखाले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी समेत गरिसकेको बताएको छ। डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिने सक्ने हुँदा सचेत रहन किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालको सुझाव छ।
साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढ्ने उच्च जोखिम रहेको उनले बताए। उनका अनुसार हालसम्म ७३ जिल्लाबाट १९ सयको हारहारीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ४० देखि ८० प्रतिशत बिरामी उपचारको दायरामा नआउने उनी बताउँछन्।
उनका अनुसार तथ्याङ्कमा डेंगु सङ्क्रमण कम देखिएको छ तर १० हजारभन्दा बढी बिरामी उपचारको दायरामा आएका छैनन्।
हालसम्म सबैभन्दा बढी संक्रमित गण्डकी प्रदेशमा
महाशाखाका अनुसार हालसम्म कुल १ हजार ८ सय ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पछिल्लो एक सातामात्रै ८६जना नयाँ संक्रमित थपिएका छन्।
गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३१ जना नयाँ संक्रमित भेटिएका छन् भने कर्णालीमा सबैभन्दा कम १ जना मात्र पुष्टि भएका छन्।
डेंगु संक्रमण देखिएपनि डराइहाल्नु पर्ने अवस्था तत्काल नभएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बताएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगुको बिरामीबारे दैनिक जानकारी राखिरहेको बताउँदै पश्चिमाञ्चल अस्पतालमा यसको संक्रमणबाट प्रभावित खासै नआएको उल्लेख गरेको छ ।
गत वर्ष ४५ हजार भन्दा बढीलाई डेंगु संक्रमण भएको थियो । संक्रमणबाट १५ जनाले ज्यान गुमाएका थिए ।
डेंगु कसरी सर्छ ?
– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ। डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ।
– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन।
– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ।
डेंगुका लक्षण के-के हुन्?
– उच्च ज्वरो,
– कडा खालको टाउको दुखाइ हुने,
– आँखाको गेडी पछाडि दुख्ने,
– मांसपेसीको दुखाइ,
– वाकवाक लाग्ने र वान्ता हुने
कसरी गर्ने डेंगुको रोकथाम ?
– डेंगु विरुद्दको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो।
– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्ने,
– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने,
– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने,
– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्ने,
– लामखुट्टेको टोकाइबाट बच्ने,
– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने,
– झुलको प्रयोग गर्ने
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
दसैँमा मासु कसरी खाने ?
समयमा नै सावधानी नअपनाए ६० हजारलाई डेंगु संक्रमण हुनसक्ने प्रक्षेपण
पाठेघरको क्यान्सर विरूद्धको १५ दिने एचपीभी खोप अभियानको आज छैठौं दिन
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न मन्त्री पौडेलको सक्रियता
आज विश्व ध्यान दिवस मनाइँदै
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी