पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कास्की जिल्लामा सञ्चालन भएका विभिन्न योजनाहरूको अनुगमन सोमबार सम्पन्न भएको छ।
परियोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत आर्थिक वर्ष २०८१र८२ मा विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार सञ्चालित योजनाहरूको स्थलगत अनुगमन गरिएको हो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा परियोजनाका कास्की संयोजक लिलाधर पौडेलको नेतृत्वमा अनुगमन टोलीले पोखरा महानगरपालिका– ११ काहुको सिस्नेरी च्याउ फर्म, पोखरा–६ जरेबरको चिसापानी कृषि तथा पशुपंक्षी फर्म, पोखरा–१६ दीपको जय देउराली कृषि फर्म, पोखरा–२५ झिझिर्कास्थित माया इको भिलेज, माछापुच्छ्रे गाउँपालिका–६ धितालको धिताल दुग्ध उत्पादन कृषि सहकारी संस्था सञ्चालित दुग्ध संकलन तथा प्रशोधन केन्द्र, साथै पोखरा–२५ हेम्जास्थित विभिन्न कृषि फर्महरूको अनुगमन गरेको हो।
अनुगमनका क्रममा प्रमुख पौडेलले सरकारले कृषिमा गरेको लगानी उत्पादनमुखी, प्रतिफलमुखी र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै कृषि तथा किसानका विषयलाई प्राथमिकतामा राख्न सरोकारवाला निकायहरूलाई आग्रह गरे।उत्पादित वस्तुहरूको बजारिकरण, सहज खरिद/बिक्री, तथा निर्यातमुखी उत्पादन नीति तर्जुमा गरी वास्तविक किसानलाई राहत महसुस हुने वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिए । साथै, पछिल्लो पुस्तालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने कार्यक्रमहरू आवश्यक रहेको उनको भनाइ थियो।
परियोजना कास्की कार्यालयका प्रमुख माधव लम्सालले कार्यालयले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको जानकारी दिँदै निर्धारित लक्ष्य र उद्देश्य प्राप्तिमा पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताए ।
अनुगमन कार्यक्रममा कृषि सम्बन्धित कास्कीस्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, कृषक, विज्ञ समूह तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो