रौतहटका पत्रकार रवीन्द्र प्रजापति घरैमा झुन्डिएको अवस्थामा भेटिएका छन् । कटहरिया नगरपालिका– ५ निवासी ३० वर्षीय पत्रकार प्रजापति शनिबार साँझ घरमै झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
उनी झुण्डिएको पासो काटेर परिवारले अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार शव पोस्टमार्टका लागि गौर अस्पताल लगिएको छ ।
पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत रहेर समाचार पढ्ने गर्थे । उनले स्थानीय पत्रिकामा समाचार पनि लेख्दै आएका थिए ।
उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धम्की पाइरहेको पारिवारिक स्रोतले जनाएको छ । खानेपानी समस्यासम्बन्धी समाचार लेखेपछि उनलाई मेयर जयसवालले धम्की दिँदै गाली गरेको बताइएको छ ।
पारिवारिक स्रोतका अनुसार मेयर जयसवालले दिएको धम्कीका कारण पत्रकार प्रजापति केही समयदेखि तनावमा रहेको र डरले घरबाट बाहिरसमेत निस्किन छाडेका थिए ।
उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण हुनसक्ने स्थानीय बताउँछन् ।
मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेठ २९ गते विज्ञप्तिसमेत जारी गरेको थियो ।
प्रेस चौतारी रौतहटका अध्यक्ष अशोक पहाडीले विज्ञप्ति जारी गर्दै पत्रकारलाई मेयर जयसवालले दिएको धम्कीबारे छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।
गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धम्की दिएको विषयमा जानकारी नआएको बताए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा