सर्लाही प्रहरीले अवैध कटुवा पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ।
ट्राफिक जाँचका क्रममा एक व्यक्तिको मोबाइलमा उनकै छोराले हतियार बोकेको फोटो भेटिएपछि प्रहरीले उनीहरूलाई मलंगवाबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार, बुधबार दिउँसो मलंगवा नगरपालिका–६, सुखैनियामा ट्राफिक प्रहरीले जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ए १०७१ नम्बर प्लेटको मोटरसाइकल रोकेको थियो।
चालक मोहन पासवानसँग सवारी कागजात माग्दा उनले आफ्नो मोबाइलमा देखाउन खोज्ने क्रममा प्रहरीले उनको मोबाइलमा १२ वर्षीय छोरा नवल पासवानले कटुवा पेस्तोल बोकेको तस्बिर देखेको थियो।
तत्कालै मोहनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले उक्त पेस्तोल रामहुलास पासवानको भएको बयान दिएका थिए। सोही बयानका आधारमा प्रहरी टोलीले राति नै रामहुलासको घरमा पुगेर उनलाई पनि नियन्त्रणमा लियो।
रामहुलासले देखाएको ठाउँअनुसार, उनको घरको पूर्वपट्टिको भित्तामा कपडाले बेरेर लुकाइराखेको अवस्थामा प्रहरीले उक्त कटुवा पेस्तोल बरामद गरेको हो।
प्रहरीले दुवै जनालाई पक्राउ पुर्जी दिई बिहीबार जिल्ला अदालत, सर्लाहीमा पेश गरेको थियो। अदालतले घटनाबारे थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ