बागलुङ । प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले असार महिनाको मन्दिरको आयव्यय सार्वजनिक गरेको छ ।
समितिका अनुसार, असारमा १८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी र १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च भई ६६ हजार ६ सय ३२ रूपैयाँ बचत भएको छ ।
भक्तजनले चढाएको भेटीबाट १० लाख ७८ हजार १ सय ३०, चामलबाट १५ हजार ३ सय, बोकाको टाउको बिक्रीबाट ४४ हजार ५०, कुखुराबाट ५ हजार ५ सय ५० आम्दानी भएको हो । सटर भाडाबाट २ लाख १० हजार २ सय, विवाहबाट ५ हजार, आर्थिक सहयोगमार्फत ६४ हजार ४ सय ३७ रुपैयाँ, परेवाबाट ४ लाख १४ हजार ५ सय ५०, पण्डितबाट ११ हजार ४ सय, व्रतबन्धबाट १२ सय, सिक्का सटहीबाट २ हजार ३ सय आम्दानी भएको समितिका अध्यक्ष कुमार खड्काले बताए ।
असारमा गुठीका कर्मचारीलाई तलब ३ लाख ९० हजार, विद्युत खर्च ३३ हजार ३ सय ८०, अतिथि सत्कारमा ८१ हजार, आर्थिक सहयोग १ लाख ४० हजार, पूर्वाधार विकास तथा निर्माण ८ लाख ८६ हजार, उपहारमा ७ हजार ५ सय, पोशाकमा ९९ हजार ६ सय, खाद्यन्न तथा आवासतर्फ ७० हजार, यातायात भ्रमणमा १५ हजार, इन्धनमा २८ हजार ६ सय ५५, विज्ञापनतर्फ १ हजार ५ सय, टेलिफोन र इन्टरनेटतर्फ ७ हजार ५ सय रुपैयाँ खर्च भएको कालीका भगवती गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला