श्रोता दर्शकमाझ गुहार माग्दै आए केशव घिमिरे [भिडियो]

गीत संगीत

श्रोता दर्शकमाझ गुहार माग्दै आए केशव घिमिरे [भिडियो]

करिब २ दशकदेखि सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील घिमिरे

देशको समसामयिक विषयवस्तुलाई समेटी लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले ‘गुहार गुहार’ बोलको तीज गीत लिएर आएका छन् ।

चन्दन डिजिटल म्युजिक प्रालिको प्रस्तुति रहेको गीतमा घिमिरेको स्वरसँगै शब्द र लय रहेको छ । लक्ष्मी बरालले गायनमा साथ दिएकी छन् ।

घिमिरे स्वयंले परिकल्पना र निर्देशन गरेको भिडियोको छायांकन गणेश सापकोटाले गरेका छन् भने सम्पादन सुवास अम्गाईले गरेका छन् ।

अंकिता सापकोटाको श्रृंगार, फलानो क्रियशनको दृश्य निर्माण रहेको गीतलाई घिमिरेकै नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

न्यून आय भएका, आम्दानी भन्दा खर्च धेरै भएर महङ्गीले निसास्सिएका सर्वसाधारण जनताको वास्तविक घटनालाई प्रस्तुत गर्न खोजिएको छ ।

चर्चित हाँस्यव्यंग्य कलाकार राजेन्द्र नेपाली लट्टे, टिकटकबाट उदाएकी कलाकार प्रतिक्षा अधिकारी, मुन्द्रेमान श्रेष्ठ , ऋषि पौडेल, कमल अर्याल लगायत कलाकारको अभिनय गीतमा देख्न पाइन्छ ।

करिब २ दशकदेखि सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील घिमिरे पर्वत कार्किनेटाका हुन् । पोखरालाई कर्मथलो बनाएर उनी निरन्तर लोकसंगीत क्षेत्रमा लागिरहेका छन् । करिब २ सय गीत ल्याइसकेको बताउने घिमिरेको पछिल्लो गीतले पनि श्रोता दर्शकको मन छुने विश्वास राखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ