गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सिन्धुलीबाट थातथलो छोडेर सुटुक्कै पोखरा आइपुगेको हायू परिवार सिन्धुली फर्कन अस्वीकार गरेको छ।
सिन्धुलीको गोलञ्जोर ६ का मा रहेको घरमा ताला ठोकेर नफर्कने गरी आइपोखरा पुगेका उनीहरूलाई फर्काउन वडाध्यक्ष रविन कुमार श्रेष्ठ पोखरा आइपुगेका थिए । वडाध्यक्षसँग हायू परिवारले घर फर्कन अस्वीकार गरेको हो।
उनीहरूले यो विषयमा सोच्नको लागि दुई-तीन दिनको समय मागेका छन् ।अध्यक्ष श्रेष्ठ भने हायू परिवार नलिई पोखराबाट सिन्धुली फर्कंदै छन्।
उनले उक्त परिवार फर्किए तत्कालका लागि अस्थायी टहरा र पछि पक्की घरसमेत बनाइदिने आश्वासन दिएका छन्।
गएको शुक्रबार १६ जनाको परिवार घरमा नभेटिएपछि हल्लाखल्ला भएको थियो। उनीहरू कामको खोजीमा पोखरा आइपुगेको सोमबार पत्ता लागेको थियो। पोखरा गगनगौंडामा भेटिएका उर्मिला हायूका परिवारले पोखरा फेवातालबाट डुंगा शयर गरी बाराही मन्दिर दर्शन पनि गरे ।
अहिले उनीहरू ज्वाइँ धनबहादुर तामाङको जिम्मामा छन् । गाउँमा छोराछोरी बिरामी परिरहने र घर पनि दुर्गममा भएको भन्दै थातथलो छोडेको उनीहरूले बताएका छन्।
घर छोडेर हिँड्नुको कारण सोद्धा परिवार बिरामी भइरहने, तर्साएको जस्तो लाग्ने, धामीले पनि नबस्न भनेको भन्ने गरेका छन् ।
केही सञ्चारमाध्यममा भने उनीहरूले निकै गम्भीर रहस्य खोलेका छन् । तर स्पष्ट भन्न सकेनन् । घरमुली उर्मिला हायूले आफ्ना पति पनि ३ वर्ष अघि भत्ता बुझेर फर्कँदा बेपत्ता भएको र पछि जंगलमा कंकाल भेटिएको बताएकी छन् ।
आफ्नो घरमा आगो लागेको सुनेको भन्दै उनले थपेकी छन् – ‘तपाईंहरु बुझ्नुस् न, आगो लगाएको छ रे, किन लगायो ? हामी त्यहाँ भएको भए हाँडखोर मात्र भेटिन्थ्यो कि ?’ यसको अर्थ उनीहरु त्यहाँ असुरक्षित छन् भन्ने अर्थ लाग्छ ।
भिडियो अन्तर्वातामा यसो भनेपनि यसबारेमा थप स्पष्ट भने पारेका छैनन् । भिडियोमै यसबारे खुलस्त भन्न डराएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प