हायू समाज नेपालले उर्मिला हायुको परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई पूर्वाग्राही ढंगले गलत टिप्पणी भएकाे भन्दै आपत्ति जनाएको छ ।
समाजले आज एक विज्ञप्ति जारी सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका- ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर पूर्वाग्राहीपूर्ण गलत टिप्पणी गरेको भन्दै आपत्ति जनाएको हो ।
आधारहिन प्रचारले हायु परिवारलाई हैरानी दिएकाे मात्र नभई समुदायको भावना र सम्मानमाथि प्रहार भएको बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ निवासी हायु समुदायका १६ सदस्यीय उर्मिला हायूको परिवार केही समयदेखि सम्पर्कविहीन भएका थिए ।
सिन्धुलीबाट सम्पर्कविहिन भएका परिवार पोखरामा सकुशल भेटिएका थिए । उनीहरुले श्रमिक कामको सिलसिलामा आफ्नो घर सिन्धुलीबाट पोखरा आएको जानकारी प्रहरीसमक्ष दिएका छन् । यस घटनालाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हचुवा र आधारहीन समाचारहरु अनर्गल तरिकाले प्रसारण गरिएको भन्दै खेद पकट गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘यस्ता आग्रह पुर्वागढ़पुर्ण गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र विकृत मानसिकताको उपज बाहेक अरु केही हैन हाम्रो हावू समुदाय आफ्नो श्रम, इमानदारीता र आत्मसम्मानमा जीवनयापन गरि आएको आदिवासी समुदाय हो यस्तो आधार बिहान र हचुवा प्रचार-प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मान माथि प्रहार भएको अनुभूति हामीले गरेका छौं ।’
समाजले यो परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् ।

सम्बन्धित समाचारः
सिन्धुलीबाट बेपत्ता परिवारका सबै सदस्य पोखरामा भेटिए
एकाएक गाउँबाट १६ जनाको पूरै परिवार गायब
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ