स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका –६ टक्सार काउलेमा रहेको नर बहादुर गुरुङको किराना पसलमा साउन १४ गते राति चोरी भएको छ । पसलबाट रियल गोल्ड वियर १७ बोतल, सोफी ब्रान्डको १ कार्टुन रक्सी, ९ प्याकेट विभिन्न कम्पनीका चुरोट, २० प्याकेट चाउचाउ तथा ५ केजी कुखुराको मासु चोरी भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले तत्काल अनुसन्धान थालेको थियो ।
अनुसन्धानको सिलसिलामा प्रहरीले सोही वडाका २२ वर्षीय तोरण परियारलाई चोरीमा संलग्न रहेको आशंकामा केही चोरेका सामानसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार परियारलाई नकवजनी चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
पसल सञ्चालक गुरुङले रातको समयमा पसलको सटर फोडेर चोरी गरिएको बताए । चोरी घटनापछि स्थानीय बासिन्दा रातिको सुरक्षाका विषयमा चिन्तित देखिएका छन् ।
घटनापछि तत्काल अनुसन्धान अघि बढाएर अभियुक्त पहिचान गरी पक्राउ गर्ने प्रहरीको कार्यप्रति स्थानीयले प्रशंसा व्यक्त समेत गरेका छन् । प्रहरीले घटनाका बाँकी पक्षबारे पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
यस घटनाले स्याङ्जाको शहरी बस्तीहरूमा रातको समयमा हुने चोरीका घटनाप्रति सुरक्षा सतर्कता अझै कडाइ गर्नुपर्ने देखाएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन र शंका लागेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो