बिहीबारदेखि पोखरा १५ मा निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन भएको छ।
पोखरा कम्युनिटी सेन्टरको आयोजना तथा वडा कार्यालय १५ को समन्वयमा ४ दिने निःशुल्क दन्त परीक्षण शिविर सुरु भएको हो।
अमेरिकाको क्रिकल्याण्ड कर्नरस्टोन डेन्टल बाट आएका डा. से जिन एनको १५ चिकित्सकीय टोलीले अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण गरेको पोखरा कम्युनिटी सेन्टरका कोअर्डीनेटर प्रकाश पार्कले जानकारी दिए।

वडाध्यक्ष तोरण बानियाँले शिविरमा अमेरिकाका दन्त विशेषज्ञको टोलीद्वारा विशिष्ट मेसिनबाट दाँतको परीक्षण भइरहेको बताए। अघिल्लो वर्षको दन्त शिविरबाट धेरै जनाको सकारात्मक प्रतिक्रिया आएको र यस्तै शिविरको माग वडावासीबाट आएकाले शिविर सञ्चालनका लागि समन्वय गरिएको प्रतिक्रिया दिए।
उनले मेसिन लगायत औजार झिकाउन भन्सारमा समस्या रहेकोमा वडा कार्यालयको विशेष पहलबाट औजार ल्याउन सकिएको र शिविर पश्चात् यी औजार वडाका कुनै सहयोगी संस्थामा राखेर त्यहाँबाट वडावासीलाई निःशुल्क सेवा दिने बारे कुरा भइरहेको बताए।
एक महिनादेखि दाँतको दुखाइले राम्रोसँग सुत्न पनि नसकेको बताउने कोल पाटनकी गुमा बानियाँले शिविरमा चिकित्सकले दाँतको उपचार र परीक्षण गरेर औषधी दिएको बताइन्।
पोखरा लक्ष्मी टोल बस्ने सिता परियारको चिसो र तातो खाँदा दाँत दुखाइको समस्या रहेकोमा शिविरमा चिकित्सकले दाँत सफाइ गरी समस्या देखिएको दाँत निकालेको बताइन्। ‘निजी क्लिनिकमा जाँदा ८-९ हजार लाग्छ भनेका थिए, अहिले आफ्नै घर छेउमा निःशुल्क उपचार पाइयो’ खुसी हुँदै उनले भनिन्।

निःशुल्क ४ दिने शिविरको पहिलो दिनमा नै एक सय बढी बिरामीले लाभ लिएका छन्।
बिहीबार र शुक्रवारको शिविर वडा कार्यालय अगाडिको भवनबाट सञ्चालन हुनेछ भने, बाँकी दुई दिन सानिपाटनस्थित कम्युनिटी सेन्टरको हलबाट शिविर सञ्चालन हुनेछ।
शिविरलाई वडा सदस्य बलराम पौडेल तथा कार्यपालिका सदस्य मन्दिरा परियार लगायत कम्युनिटी सेन्टरका एक दर्जन युवायुवतीले सहजीकरण गरेका थिए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह