पोखरा वडा नं. १३ आर्वामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
सोमबार आर्वा मणिदीपबाट काहुँखोला झर्ने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । बसको ब्रेक फ्रेल भएपछि चालकले नियन्त्रण गुमाउँदा सडक छेउको नालीमा पुगेर भित्तामा ठोक्किन पुगेको हो।
गाडी चालक ४२ वर्षीय तेजबहादुर मगर प्रहरीको नियन्त्रणमा रहेका छन् ।
बसमा सवार बिना बरालले भनिन्ः ‘बस डिलमा गएको भए भिर थियो, बाँचिने थिएन। कुनामा ठोक्किएर बाँचियो। भगवानले आज बचाउनुभयो।’
दुर्घटनामा घाइते सबैको उद्धार गरी अस्पताल लगिएकोमा आधा बढी डिस्चार्ज भइसकेका छन् । ४ जनाकाे अवस्था मध्यम रहेकाे कास्की प्रहरीले जनाएको छ ।
वडाध्यक्ष किरण बरालका अनुसार दुर्घटना हुने बित्तिकै उद्धार हुँदा ठूलो क्षति हुन पाएन । बरालले निजी गाडी र दुई वटा एम्बुलेन्स परिचालन गरेर उद्धार गरेका थिए ।

पूर्व मुख्यमन्त्री अधिकारीले अस्पताल पुगेर घाइतेहरू भेटे
गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अस्पताल पुगेर घाइतेहरू भेटेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर अधिकारीले घाइतेहरुको स्वास्थ्यअवस्था बुझेका हुन् ।
घाइतेसँग भेटपछि उनले फेसबुकमा लेखेका छन्ः ‘पोखरा १३ आर्वा मणिदीप देखि काहुँखोला झर्ने गाडी दुर्घटना भई घाइते हुनुभएका बिरामीहरुलाई अस्पताल पुगी भेटेर आएको छु । सम्पूर्ण घाइते बिरामीहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । अस्पताल प्रशासनसँग निरन्तर संवादमा रहेको छु । केही डिस्चार्ज भइसक्नुभएको छ भने केही हुँदै हुनुहुन्छ । अवस्था साधारण नै रहेको सबैलाई जानकारी गराउँदछु ।’

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन