ललितपुरमा शनिबार बिहान कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकेको पाइएको छ।
बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो।
मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेज बाहिरिएको छ।
उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङबाट सडक पार नगरी केही अगाडि बढेर हेर्दै नहेरी दौडिएर बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो।
ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन्। दुर्घटना हुनुमा मुख्य जिम्मेवार गाडी चालक नदेखिएपनि त्यसपछि जुन हर्कत देखाइयो, गाडीमा सवार रहनेहरूबाट अक्षम्य अपराध भएको छ । मन्त्री स्वयं सवार रहँदा पनि दुर्घटना भएपछि सामान्य मानवियता पनि नदेखाएको भन्दै सर्वत्र विरोध भएको छ ।
बालिका सडकमै लडे पनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ। गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ।
ठक्कर दिने गाडीमा मन्त्री मगर सवार रहेको पुष्टि ललितपुर प्रहरीले गरिसकेको छ।
घाइते बालिका ११ वर्षीया बालिका उषा मगर सुनुवार हुन् । उनको बिएन्डबी अस्पतालमा उपचार जारी छ ।
सम्बन्धित खबर
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेकासहित करिब ३०० यात्रुवाहक बस बेपत्ता
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा