अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

Putalibazar-tractor-niyantrann

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका –२ अरौंदीखोलाबाट अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार भदौ ३० गते दिउँसो करिब ४ बजेर ३० मिनेटतिर खोलाले बगाएर ल्याएको गिट्टी जस्तो देखिने ग्राभेल लोड गरी ओसार–पसार गरिरहेको अवस्थामा ग १ त ४७९३ नम्बरको ट्याक्टर फेला परेको हो ।

उक्त ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारविरुद्ध अभियानलाई कडाइका साथ अघि बढाइरहेको बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds