साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।
श्रीलङ्काको कोलम्बो रेसकोर्समा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै अन्तिम चारबाट बाहिरिएको हो । जितसँगै भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले समान एक/एक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
गुनलेइबाले खेलको ६१औँ मिनेटमा गोल गरे भने अजलानले खेलको ८०औँ मिनेटमा गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा भारतका अर्का खेलाडी डायमन्डले एक गोल थपे ।
नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो ।
त्यसैगरी भारतले भने समूह चरणका तीनवटै खेल जितेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको भारतले त्यसपछि भुटानलाई १–० र पाकिस्तानलाई ३–२ ले पराजित गरेको थियो ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’