पोखरा । गण्डकीका मुख्यमन्त्री बस्ने सरकारी निवासमा फेरि आगजनी भएको छ । गएराति करिब साढे २ बजेको समयमा अपरिचित व्यक्तिहरूको समूहले पहिल्यै आगजनीमा परेको निवासमा आगो लगाएका हुन् ।
उक्त भवनमा भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा पनि तोडफोड र आगजनी भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भदौ २४ गते जेनजी प्रदर्शनका समयमा भने देशबाहिर थिए ।
२०७४ मा पहिलोपटक भएको प्रदेशसभा निर्वाचनपछि निर्वाचित मुख्यमन्त्रीका लागि भनेर प्रयोगमा ल्याइएको निवास प्रमुख जिल्ला अधिकारीका लागि भनेर बनाइएको थियो । प्रदेश सरकार बनेपछि उक्त भवनलाई नै मुख्यमन्त्री निवास बनाइएको थियो ।
प्रदेश सरकारले भवन प्रयोग गर्न मिल्ने/नमिल्ने सम्बन्धमा प्राविधिक समिति गठन गरेकोमा यो भवनलाई मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने भन्ने सुझाव प्राप्त भएको छ । भवनलाई मर्मत गर्ने तयारीमा रहँदा राति आगजनी भएको हो ।
पहिलेको आगजनीमा भवनको एउटा कोठामा भने कम क्षति पुगेको थियो । सोही कोठामा जल्न बाँकी भएका सामानहरू राखिएको थियो ।
मुख्यमन्त्री पाण्डेले आगजनीका कारण बाँकी भएका कागजात जलेर नष्ट भएको बताएका छन् । आगजनीपछि उनी प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु