स्याङ्जाको भीरकोट नगरपालिकामा क्षेत्री समाजले सामुदायिक सक्रियता र एकताको उदाहरण प्रस्तुत गर्दै करिब १ करोड ५१ लाख रुपैयाँ लागतमा बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गरेको छ ।
क्षेत्री समाज नेपालको नेतृत्वमा बनेको भवनमा १ करोड ११ लाखभन्दा बढी रकम समुदायस्तरबाटै स्वतःस्फूर्त उठाइएको अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।
अध्यक्ष केसीका अनुसार १६ जनाले १ लाखभन्दा बढी, २८ जनाले ५० हजारभन्दा बढी र ५७७ जनाले ५ हजारभन्दा बढी सहयोग गरेका थिए । “क्षेत्री मात्र नभई बाहुन, मुस्लिमलगायतका समुदायबाट पनि उल्लेख्य सहयोग प्राप्त भएको छ,” उनले बताए ।
भीरकोट नगरपालिका –१, बयरघारीस्थित पुलको मुखमा बनेको आधुनिक भवन ८ रोपनी ८ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । गत वर्ष २०८१ भाद्र ३१ गते घटस्थापनाका दिन शिलान्यास गरिएको भवन एक वर्षमै सम्पन्न भएको हो ।
७ हजार १६५ वर्गफिट क्षेत्रफलमा बनेको एकतले भवनमा करिब एक हजार जनाको क्षमता भएको सभाहल रहेको छ । भवनभित्र बाथरूम, शौचालय, पोशाक परिवर्तन कक्ष, कार्यालय कक्ष, भान्सा कक्ष र शुद्ध खानेपानीको सुविधा छ । साथै, हवनकुण्ड पनि निर्माण गरिएको छ ।
“क्षेत्री समाजको अगुवाइमा बनेको भए पनि भवन सबै जातजातिले प्रयोग गर्न पाउने गरी खुला गरिएको छ,” अध्यक्ष केसीले भने ।
भवनलाई धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक कार्यक्रमका लागि आधिकारिक रूपमा सञ्चालनमा ल्याइएको छ । निकट भविष्यमा योगा, जिम र बास्केटबल कोर्टको सुविधा थपिने तयारी गरिएको छ ।
यस्तै, भवन निर्माणमा भीरकोट नगरपालिकाले पनि १० लाख रुपैयाँको सहयोग गरेको अध्यक्ष केसीले जानकारी दिए ।
समुदायकै सहयोगमा बनेको यो भवनले सामाजिक एकता र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
सम्बन्धित खबर
सामाजिक सञ्जालमा अशिष्ट शब्द लेख्नेको स्क्रिनसट उसकै घरमा पठाइने
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने
तिब्बत क्षेत्रमा हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, थप विपद्को जोखिम टर्यो
माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार
बेत्रावतीमा बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार
बाढीपछि उद्धारमा खटिएका पूर्व कप्तान भरत खवास नेपाली सेनाको मेजरमा बढुवा, फिल्डमै दर्ज्यानी चिन्ह प्रदान
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम