स्याङ्जाको चापाकोट नगरपालिका –१०, बायोडाँडामा छ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको भ्यु टावर अहिले सुनसान बनेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यो टावर प्रचारप्रसारको अभाव र पहुँच मार्गको कठिनाइका कारण आन्तरिक तथा बाह्य पर्यटक पुग्न नसकेका हुन् ।
विसं २०७३ मा सुरु गरेर २०७८ मा सम्पन्न गरिएको ४५ फिट अग्लो भ्यु टावर अहिले बेवास्तामा परेको छ । टावरबाट देखिने दृश्य आसपासकै जस्तो भएकाले पर्यटकलाई विशेष आकर्षण नलाग्ने गरेको स्थानीय विनोद भण्डारीले बताए । उनका अनुसार, टावरसम्म पुग्ने बाटो झाडीले ढाकिएको छ र सडक पनि सहज छैन, जसले गर्दा धेरैले त्यहाँ जान चाहँदैनन् ।
नगरपालिकाले टावर वरिपरि तारबार लगाएर व्यवस्थापन गरे पनि आकर्षक थप संरचना नहुँदा क्षेत्र सुनसान बनेको छ ।
चापाकोट नगरपालिका प्रमुख देवबहादुर खाँणका अनुसार, भ्यु टावरको पुनर्जीवनका लागि अहिले नगरपालिकाले पहल थालेको छ । “पर्यटक क्लब, आमा समूह र समाजसेवीलाई परिचालन गरेर प्रचारप्रसार तथा सचेतना अभियान सुरु गरिएको छ,” प्रमुख खाँणले भने ।
स्थानीयवासीहरूका अनुसार, संरचना मात्रै होइन, त्यसको दीर्घकालीन व्यवस्थापन र प्रयोगमा ध्यान दिन सके चापाकोटको पर्यटन पुनः चम्किन सक्छ । उनीहरूको भनाइमा, भ्यु टावर अझै पनि आकर्षणको केन्द्र बन्न सक्छ, यदि सही प्रचार, पहुँच र कार्यक्रममार्फत पुनः सक्रिय पारियो भने ।
सम्बन्धित खबर
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला