नेपाल ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट च्याम्पियन, अपराजित विश्वकप यात्रा

दोहोरो खुसीयाली

नेपाल ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट च्याम्पियन, अपराजित विश्वकप यात्रा

आईसीसीको आयोजनामा भएका प्रतियोगिताहरुमा जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता

champion

काठमाडौँ — आईसीसी ट्वान्टी–२० विश्वकप पुगेको नेपालले ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिकमा छनोट उपाधि जितेर दोहोरो खुसीयाली मनाएको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गरेपछि नेपाल विजेता बनेको हो ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा भएका प्रतियोगिताहरुमा जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । २०१८ को अक्टोबरमा मलेसियामा नेपालले ट्वान्टी–२० विश्वकपको एसिया छनोटका लागि आयोजित इस्टर्न क्षेत्रीय प्रतियोगिता जितेको थियो ।

ओमानमा भइरहेको प्रतियोगिताको सुपर सिक्सको यसअघिका तीन खेल जितेर ८ अंकसहित नेपालले यसअघि नै फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भइसकेको थियो ।

२०१३ मा पहिलो पटक ट्वान्टी–२० विश्वकपमा छनोट हुँदा यूएईमा भएको ग्लोबल छनोटमा तेस्रो भएको थियो । त्यसको १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्नेक्रममा काठमाडौंमा भएको एसिया छनोटमा नेपाल उपविजेता भएको थियो ।

नेपालसहित ओमान र यूएईले पनि ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका थिए । अपराजित रहि विजेता बनेर नेपालले १० अंक जोडेको हो । ओमानको ८ र यूएईको ६ अंक रह्यो । नेपालले सामोआलाई पराजित गरी ओमानलाई २ अंकले पछाडि पारेको हो ।

२ सय १२ रनको लक्ष्य लिएर आएको सामोआ ७ विकेट गुमाई ८७ रनमात्र बनाउन सक्यो । ओपनर सिन सोलिआले सर्वाधिक ४० रन बनाए । उनले ३७ बल खेलि २ चौका र १ छक्का प्रहार गरे । बेन्जामिन माइलताले ११ रन बनाए । ललित राजवंशीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । आसिफ शेख र कुशल भुर्तेलले पावर प्लेको पहिलो ६ ओभरमा ६१ रन जोडेर नेपाललाई आक्रामक सुरुआत दिलाएपछि नेपालले विशाल स्कोर बनाएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ