गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको च्याम्पियन बनेर सन् २०२६ को विश्वकपमा छनोट भएसँगै नेपाली टोलीमा रहेका १५ खेलाडीले जनही १९ लाख ५० हजार रूपैयाँ पाउने भएका हुन्।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा उल्लेख भएअनुसार खेलाडीले पुरस्कार रकम पाउने पक्का भएको हो।
यो नियमावलीअनुसार खेलाडीले पुरस्कार पाउने यसअघि नै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पुष्टि गरेका थिए।
टोलीका प्रशिक्षकले ६ लाख २५ हजार र सहायक प्रशिक्षकले ३ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै नेपाल क्रिकेट संघले ६ लाख ५० हजार पाउने व्यवस्था छ।
नियमावलीमा महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजन एकबाट विश्वकपमा छनोट भएका यस्तो पुरस्कार दिइने उल्लेख छ।
यो पुस्कार लिनका लागि क्रिकेट संघले प्रक्रिया अघि बढाएपछि सरकारले प्रदान गर्नेछ।
विश्वकप छनोट खेलेको नेपाली टोलीका खेलाडीमा कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छन्।
नेपाल सात वर्षपछि च्याम्पियन
नेपालले शुक्रबार ओमानमा सकिएको आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि जितेको छ। अपराजित रहदै च्याम्पियन बन्ने क्रममा नेपालले शुक्रबार प्रतियोगिताको अन्तिम खेलम समोआलाई १२४ रनले पराजित गर्यो।
छनोटबाट नेपालसहित आयोजक ओमान र युएईले सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाए।
प्रतियोगितामा उत्कृष्ट लयमा रहदा नेपालले ६ खेल जित्यो। नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो। सुपर-६ मा युएई र कतारलाई हराएसँगै नेपाल विश्वकपमा पुगेको थियो। त्यसपछि घरेलु टोली ओमानलाई हराएको नेपाल उपाधि नजिक पुगेको थियो। शुक्रबार समोआलाई हराएसँगै नेपाल च्याम्पियन बनेको हो। यससँगै नेपालले सात वर्षपछि आइसिसीको उपाधि जित्न सफल भयो।
नेपालले सन् २०१८ अक्टोबरमा आइसिसीको पछिल्लो उपाधि जितेको थियो। त्यतिबेला नेपालले मलेसियामा भएको आइसिसी टी-२० इस्टर्न उपक्षेत्रीय छनोट ‘बी’ को उपाधि हात पारेको थियो। यो नेपालले आइसिसीको उपाधि जितेको पाँचौ उपाधि थियो। आज उपाधिसँगै नेपालले आइसिसीको छैटौं उपाधि हात पार्यो।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो