शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको मेगास्टार अनमोल केसीको शीर्ष अभिनय रहेको फिल्म ‘जेरी अन टप’ ले सुखद् व्यापार गरिरहेको छ ।
एड्भेन्चर लभस्टोरी यो फिल्मले रिलिजअघि नै टिजर र ट्रेलरबाट राम्रो हाइप बनाएको थियो। फिल्मको बिहानैदेखिका शोमा दर्शक अकुपेन्सी पनि सुखद् देखिन्छ। जसले बक्स अफिसमा फिल्मले सुखद् ओपनिङ गरेको छ।
फिल्मले दर्शकको साथ पाएपछि अभिनेता अनमोल केसीसहित अभिनेत्रीहरू आँचल शर्मा र जसिता गुरूङ हल हलमा पुगेका छन्। दर्शकहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । फिल्मको गुणस्तर र त्यसमा पनि खासगरी भीएफएक्सको दर्शकले तारिफ गरेका छन्। कलाकारको अभिनयलाई पनि रूचाएका छन्।

अभिनेता अनमोल केसीले पनि फिल्म ‘जेरी अन टप’ ले राम्रो सुरूआत गरेको बताएका छन्। दर्शक भेट्न सिनेमा हल पुगेका उनले सबैबाट राम्रो प्रतिक्रिया पाएको बताए।
फिल्मका एशोसियट प्रड्युसर विवेक थापाले भने – ‘वर्ड अफ माउथ कस्तो आउँछ भन्ने थियो । जसले फिल्म हेनुभयो। सबैले फिल्म असाध्यै मन पराइदिनुभयो । पक्कै पनि आगामी दिनमा झनै राम्रो साथ पाइनेछ ।’
‘जेरी अन टप’ अन्य नेपाली फिल्मभन्दा तुलनात्मक रूपमा लामो छ। यसको रनटाइम झन्डै ३ घण्टा (२ घण्टा ५४ मिनेट) तोकिएको छ। यो अवधि सामान्यतया नेपाली फिल्मको औसत लम्बाइभन्दा बढी हो। यो अनमोलको फिल्म करिअरकै सबभन्दा लामो फिल्म हो। फिल्म लामो हुँदा पनि यसले राम्रो शो पाएको हो।
सुयोग गुरूङको निर्देशनमा बनेको ‘जेरी अन टप’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्म हरेक उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।

फिल्ममा भुवन केसी, केदार घिमिरे, उषा खड्गीलगायत कलाकारहरूको समेत शीर्ष अभिनय छ। सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा फिल्म बनेको हो।
सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माणमा अनन्या न्यौपानेसँग भविष्य खड्का, रोबिन शेरचन, दीपक भण्डारी, अनिरूद्र गिरी, इश्वर श्रेष्ठ, नविन घिमिरे, विवेक थापा लगायतले लगानीमा सहकार्य गरेका छन्।

सम्बन्धित खबर
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
जब २५ सय तिर्न नसक्दा सरकारी अस्पतालबाटै निकालिएकी बबिताले सडक छेउमै छोरा जन्माइन्
सामाजिक सञ्जालमा अशिष्ट शब्द लेख्नेको स्क्रिनसट उसकै घरमा पठाइने
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने
तिब्बत क्षेत्रमा हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, थप विपद्को जोखिम टर्यो
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा