स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसि)को छैठौं विश्व सम्मेलन स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिकामा सम्पन्न भएको छ ।
विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका स्याङ्जालीहरूको भेला भव्य रूपमा सम्पन्न भएको सम्मेलनले बेल्जियम निवासी मीनबहादुर क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । दुई वर्षका लागि गठन गरिएको नयाँ समितिमा सहमतिको आधारमा पदाधिकारी चयन गरिएको हो ।
नवगठित समितिमा वरिष्ठ उपाध्यक्षमा दक्षिण कोरियाका राजेश पाण्डेय, उपाध्यक्षहरूमा पोर्चुगलका एम.पी. अर्याल र अर्जुन अर्याल, जापानका धुर्व ज्ञवाली, युएईका पिताम्बर अर्याल, अमेरिकाका शोभाकान्त पाण्डेय, र महिला उपाध्यक्षमा बेल्जियमकी इन्दिरा खनाल रहेका छन् ।
त्यसैगरी, महासचिवमा क्रोसियाका ओमप्रकाश पोख्रेल, सचिवहरूमा नेपालका गुप्त प्रसाद गैह्रे र अमेरिकाका दिनदयाल भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा नेपालका चिरञ्जीवी ढकाल, सह–कोषाध्यक्षमा तारा प्रसाद गौडेल, प्रवक्तामा धर्मागत पराजुली, र युवा संयोजकमा बिदुर कोइराला रहेका छन् ।
क्षेत्रीय संयोजकहरूमा अमेरिकाबाट ज्ञानबहादुर क्षेत्री, मध्यपूर्वबाट गोपाल पंगेनी, र एसिया–प्यासिफिक क्षेत्रबाट चित्र गुरुङ चयन भएका छन् । निर्वाचन समितिका संयोजक खेम काफ्लेका अनुसार सदस्यहरूमा विष्णु भट्टराई (साउदी अरब), तुल्सिराम गौडेल (जापान), राजेन्द्र प्रसाद डुम्रे (पोर्चुगल) र अर्मान गुरुङ (जापान) रहेका छन् ।
काफ्लेका अनुसार, सम्मेलनले ३१ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णय गरेको छ, जसमा बाँकी सदस्यहरू समितिको निर्णयबाट थपिनेछन् ।
देश–विदेशमा रहेका स्याङ्जालीहरूको साझा मञ्चका रूपमा यो सम्मेलनलाई स्याङ्जा समुदायले ऐतिहासिक उपलब्धिको रूपमा लिएको छ ।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो