चर्चित भारतीय गायक अरिजित सिंहले ‘प्लेब्याक सिंगिङ’ बाट सन्यास लिएको घोषणा गरेका छन्। उनले मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले अब फिल्मका लागि प्लेब्याक गायन नगर्ने बताएका हुन्।
नयाँ वर्षको शुभकामना दिँदै अरिजितले लेखेका छन्,
“नमस्ते, सबैलाई नयाँ वर्षको शुभकामना। यतिका वर्षसम्म मलाई श्रोताको रूपमा यति धेरै माया दिनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु। म यो घोषणा गर्न पाउँदा खुसी छु कि अबदेखि म ‘प्लेब्याक भोकलिस्ट’का रूपमा कुनै पनि नयाँ काम लिने छैन। म यसलाई यहीँ अन्त्य गर्दैछु। यो एक अद्भुत यात्रा थियो।”
अरिजितको यो घोषणापछि सामाजिक सञ्जालमा प्रशंसकहरूले आश्चर्य र भावुक प्रतिक्रिया दिएका छन्। धेरैले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्, “कृपया कसैले भनिदिनुस् कि यो अकाउन्ट ह्याक भएको हो।”
अर्का एक फ्यानले टिप्पणी गरे, “अरिजित बिना बलिउड संगीत अब अधुरो हुनेछ।”
अरिजित सिंह भारतीय फिल्म उद्योगका सफल र चर्चित गायक हुन्। उनका नेपालमा पनि लाखौं फ्यान छन्। संगीतकार समेत रहेका उनले गीत संगीतका अन्य काम गर्नेछन् वा छैनन्? त्यो भने केही खुलाएका छैनन्।
अरिजित सिंहले सन् २०१३ को फिल्म आशिकी २ को ‘तुम ही हो’ बाट ठुलो सफलता पाएका थिए। त्यसपछि उनले ‘चन्ना मेरेया’, ‘फिर भी तुमको चाहूँगा’, र ‘हवायेँ’ जस्ता थुप्रै यादगार गीतहरू दिएका छन्।
उनका ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ लगायत थुप्रै गीत चर्चित छन्। अरिजित सिंहले दुई वर्षअघि काठमाडौंमा समेत भव्य कन्सर्ट गरेका थिए।
उनले दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन्। सन् २०२५ मा उनलाई भारतको प्रतिष्ठित नागरिक सम्मान ‘पद्मश्री’ बाट विभूषित गरिएको थियो।
अरिजितले गायन छोड्नुको खास कारण भने खुलाएका छैनन्।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन