मोरङको लेटाङमा २ सातादेखि बेपत्ता भएकी बालिकाको शव बीभत्स अवस्थामा फेला परेको छ ।
लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतम शुक्रबार जंगलभित्र मृत भेटिएकी हुन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार अंशुको शव टाउको र शरीर छुट्टिएको तथा सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको थियो । कुहिएको शवका कारण वरपर दुर्गन्ध फैलिएको उनले बताए । घाँस काट्न गएका स्थानीयले शव देखेपछि दिउँसो करिब १ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय लेटाङको टोली घटनास्थल पुगेको थियो ।
अंशु असोज २१ गते दिउँसो ४ः३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् । अभिभावक कसैलाई पनि केही नभनिकन बेपत्ता भएकी थिइन् ।
अंशु बेपत्ता भएपछि अभिभावकले खोजीमा सहयोग गरिदिन प्रहरीलगायतका सरोकारवालालाई आग्रह गरेका थिए ।
घटनास्थल वरिपरि अंशुले लगाएको ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको एसपी कटवालले बताए । कपडा शवको नजिकै फेला परेकाले बलात्कारपछि उनको हत्या गरिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
‘शव बीभत्स र टाउको एवं शरीर अलग गराएको अवस्थामा छ । घटना शंकास्पद देखिन्छ । कुनै धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने आशंका छ । जंगली जनावरले आक्रमण गर्दा ज्यान गएको पनि हुन सक्छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । चाँडै वास्तविकता पत्ता लाग्ने अपेक्षा छ,’ एसपी कटवालले भने ।
लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार अंशु लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत थिइन् ।
सम्बन्धित खबर
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
वालिङमा मोटरसाइकल विवादपछि कुटपिट, मृत्यु प्रकरणका फरार आरोपी पक्राउ
कास्की रूपाका सहायक हवल्दार अमृत गुरुङको हत्याका आरोपी १९ वर्षीय अनुपमले के दिए बयान ?
सरकारले बनाएको आयोगले प्रष्ट भन्यो: ‘भदौ २४ को घटना पूर्ण फौजदारी अपराध हो’
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट