पोखरा वडा नं. ५, पर्स्याङका ४५ वर्षीय अनिल पराजुलीको शनिबार बिहान हत्या भएको छ ।
हत्या आरोपमा स्थानीय २२ वर्षीय किशोर तिमिल्सिना पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ ।

मृतक अनिल पराजुली र हत्या आरोपी किशोर तिमिल्सिना
पर्स्याङको चिल्ड्रेन पार्क नजिकै राति सँगै मापसे गरेका उनीहरुबीच विवाद भएपछि चक्कू प्रहार गरी किशोरले अनिलको हत्या गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले गण्डकन्यूजलाई जानकारी दिए ।
उनका अनुसार बिहान ३ बजेर ५ मिनेटमा भएको घटनामा पराजुली अचेत अवस्थामा भेटिएको बारे प्रहरीलाई खबर पुगेको थियो । त्यहाँ पुग्दा बायाँ पिठ्यूँमा चोट लागेको अवस्थामा उनी भेटिएका थिए । तत्काल अस्पताल लगिएकोमा ३ः४० बजे चिकित्सकले मृत घोषणा गरेको डीएसपी बस्नेतले जानकारी दिए ।
‘उनीहरुबीच सामान्य विवाद भएको बुझिन्छ । स्थानीय क्षेत्रका उनीहरुबीच यो दोस्रो भेट रहेछ । पहिलो भेटमा पनि सामान्य विवाद भएको थाहा हुन आएको छ ।’ उनले भने – ‘सँगै खाईपिई बसेछन् । बाहिर निस्केर चक्कु प्रहार गरेको रहेछ ।’

हत्या गरिएको स्थान
किशोरले प्रहरीलाई बयान दिए अनुसार विवाद बढ्दै जाँदा जग्गा कारोबारी समेत रहेका अनिलले आफूलाई दुई थप्पड हानेका थिए। रिसले रन्थनिएका किशोरले होटलकै चक्कु लिएर होटलबाट केही टाढा पुगेपछि अनिलको बायाँ पिँठ्यू पछाडिपट्टि प्रहार गरे। मुटु र फोक्सोमा गम्भीर चोट पुगेकाले उनी त्यहीँ ढले ।
त्यसपछि किशोर इनड्राइभ एपमार्फत् मोटरसाइकल बोलाएर लेकसाइड पुगेर लुकेको खुलेको छ । प्रहरीले किशोरको आफन्तको मोबाइलबाट सम्पर्क गरी बोलाएपछि राति ४ बजेतिर घर नजिकैबाट पक्राउ गर्न सफल भएको प्रवक्ता बस्नेतले जानकारी दिए।

हत्यामा प्रयोग भएको चक्कू
विवादका कारणबारे अनुसन्धान भइरहेको उनले बताए । पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
सम्बन्धित खबर
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
वालिङमा मोटरसाइकल विवादपछि कुटपिट, मृत्यु प्रकरणका फरार आरोपी पक्राउ
कास्की रूपाका सहायक हवल्दार अमृत गुरुङको हत्याका आरोपी १९ वर्षीय अनुपमले के दिए बयान ?
सरकारले बनाएको आयोगले प्रष्ट भन्यो: ‘भदौ २४ को घटना पूर्ण फौजदारी अपराध हो’
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट