पोखरा वडा नं. ५, पर्स्याङका ४५ वर्षीय अनिल पराजुलीको शनिबार बिहान हत्या भएको छ ।
हत्या आरोपमा स्थानीय २२ वर्षीय किशोर तिमिल्सिना पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ ।

मृतक अनिल पराजुली र हत्या आरोपी किशोर तिमिल्सिना
पर्स्याङको चिल्ड्रेन पार्क नजिकै राति सँगै मापसे गरेका उनीहरुबीच विवाद भएपछि चक्कू प्रहार गरी किशोरले अनिलको हत्या गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले गण्डकन्यूजलाई जानकारी दिए ।
उनका अनुसार बिहान ३ बजेर ५ मिनेटमा भएको घटनामा पराजुली अचेत अवस्थामा भेटिएको बारे प्रहरीलाई खबर पुगेको थियो । त्यहाँ पुग्दा बायाँ पिठ्यूँमा चोट लागेको अवस्थामा उनी भेटिएका थिए । तत्काल अस्पताल लगिएकोमा ३ः४० बजे चिकित्सकले मृत घोषणा गरेको डीएसपी बस्नेतले जानकारी दिए ।
‘उनीहरुबीच सामान्य विवाद भएको बुझिन्छ । स्थानीय क्षेत्रका उनीहरुबीच यो दोस्रो भेट रहेछ । पहिलो भेटमा पनि सामान्य विवाद भएको थाहा हुन आएको छ ।’ उनले भने – ‘सँगै खाईपिई बसेछन् । बाहिर निस्केर चक्कु प्रहार गरेको रहेछ ।’

हत्या गरिएको स्थान
किशोरले प्रहरीलाई बयान दिए अनुसार विवाद बढ्दै जाँदा जग्गा कारोबारी समेत रहेका अनिलले आफूलाई दुई थप्पड हानेका थिए। रिसले रन्थनिएका किशोरले होटलकै चक्कु लिएर होटलबाट केही टाढा पुगेपछि अनिलको बायाँ पिँठ्यू पछाडिपट्टि प्रहार गरे। मुटु र फोक्सोमा गम्भीर चोट पुगेकाले उनी त्यहीँ ढले ।
त्यसपछि किशोर इनड्राइभ एपमार्फत् मोटरसाइकल बोलाएर लेकसाइड पुगेर लुकेको खुलेको छ । प्रहरीले किशोरको आफन्तको मोबाइलबाट सम्पर्क गरी बोलाएपछि राति ४ बजेतिर घर नजिकैबाट पक्राउ गर्न सफल भएको प्रवक्ता बस्नेतले जानकारी दिए।

हत्यामा प्रयोग भएको चक्कू
विवादका कारणबारे अनुसन्धान भइरहेको उनले बताए । पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन