इरान, भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक भारतलाई घरेलु मैदानमा हराएको छ।
सिलोङको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भारतलाई २-१ ले हराएको हो।
कप्तान साबित्रा भण्डारीको दुई गोलमा नेपालले भारतलाई उसकै घरमा हराएको छ।
खेलको दोस्रो मिनेटमा नेपालकी स्ट्राइकर साबित्रा भण्डारीले दुईजना डिफेन्डर र गोलकिपरलाई बिट गर्दै पहिलो गोल गरिन्।
खेलको बाइसौँ मिनेटमा नेपालकी प्रीति राईले डिबक्स भित्र राम्रो अवसरलाई सदुपयोग गर्न सकिनन्। उनले हानेको प्रहार दोस्रो बार हुँदै बाहिरियो।
३२औँ मिनेटमा भारतले राम्रो अवसर पाएको थियो। भारतकी जर्सी नम्बर ११ कि दाङमेइ ग्रेसले सम्पूर्ण डिफेन्डरहरूलाई बिट गर्दै दायाँ तर्फबाट बढाएको बललाई उनले फिनिस नगर्दै क्रस गर्दा भारतले राम्रो अवसर गुमायो।
खेलको ४३ औँ मिनेटमा नेपालले दिपा शाहीको पासमा कप्तान भण्डारीलाई दिएको बल भारतकी गोलकिपरले उत्कृष्ट बचाउ गरिन्।
पहिलो हाफमा १ गोलले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल गर्दै १ गोल बेहोर्यो।
खेलको दोस्रो हाफमा नेपालका लागि कप्तान साबित्रा भण्डारीले ६३ औँ मिनेटमा गोल गर्दै नेपाललाई २–० को अग्रता मा लिएर आइन्। ६२ औँ मिनेटमा प्रीति राईलाई गोल अगाडि बढाउने क्रममा भारतीय खेलाडीले फाउन्ड गर्दा नेपालले डिबक्स अगाडि फ्री किक जितेको थियो। उक्त फ्री किक खेलको ६३ औँ मिनेटमा नेपालकी कप्तान साबित्रा भण्डारीले फ्री किक मार्फत उत्कृष्ट फिनिस सहित गोल गरिन्।
भारतले खेलको ८१ औँ मिनेटमा गोल फर्कायो लामो समयको नेपालको चुनौती पश्चात् भारतले गोल फर्काएको हो। भारतका लागि जर्सी नम्बर ९ कि करिश्मा पुरुषोत्तमले नेपालकी गोलकिपर अन्जना राना मगरलाई बिट गर्दै गोल गरेकी हुन्।
८३ औँ मिनेटमा साबित्रा भण्डारीको पासमा प्रीति राईले हानेको बल पहिलो बार हुँदै बाहिरियो।
मीना देउवाको राष्ट्रिय टिममा डेब्यु
यु-२० फरवार्ड मीना देउवाले भारतसँगको खेलमा रेखा पौडेललाई प्रतिस्थापन गर्दै राष्ट्रिय टिममा डेब्यु गरेकी छन्।
खेलको ७८औँ मिनेटमा रेखालाई प्रतिस्थापन गर्दै मीनाले सिनियर टिममा डेब्यु गरेकी हुन्। समूहमा निकै राम्रो प्रदर्शन गरे यता मीनाले राष्ट्रिय टिममा अवसर बनाएकी हुन्। उनले जर्सी नम्बर १५ लगाएर राष्ट्रिय टिमको लागि डेब्यु गरेकी छन्।
यसअघि नेपालले भारतसँग १९ पटक खेलिसकेको छ। जसमध्ये ११ खेलमा भारतले जित निकालेको छ भने ३ खेलमा नेपालले भारतलाई जितेको छ । त्यस्तै ४ खेल बराबरीमा सकिएका छन्।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला