मनाङमा हिमपातबाट अलपत्र परेका ७५० जनाको उद्धार

मनाङमा हिमपातबाट अलपत्र परेका ७५० जनाको उद्धार

लेक लागेर बेहोस भएका पर्यटकको उद्धार

hiu

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन्।

गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ। मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

यसैबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर वेहोस भएका काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ।

सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकको उद्धारमा सहजता भएको जनाइएको छ।

लेक लागेर बेहोस भएका पर्यटकको उद्धार

मनाङको प्रसिद्ध तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा लेक लागेर बेहोस भएका एक पर्यटकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।

काठमाडौं महानगरपालिका–३१ निवासी ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी स्वास्थ्य चौकी पुर्‍याएको हो।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार, रसाइली तिलिचोबाट फर्कने क्रममा एक्कासि लेक लागेर बेहोस भएका थिए।

खबर पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङबाट खटिएको सुरक्षा फौजले उनलाई तत्काल उद्धार गरेको थियो।

प्रहरी टोलीले रसाइलीलाई स्ट्रेचरमा राखेर खाङसारबाट हुम्डेस्थित स्वास्थ्य चौकीसम्म पुर्‍याएको हो।

मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएपछि उच्च हिमाली क्षेत्रमा हुने यस्ता घटनाहरूमा खोज तथा उद्धार कार्यमा सहजता आएको डीएसपी थापाले बताए।

तालिमप्राप्त सुरक्षाकर्मीका कारण हिमपात र लेक लागेर जोखिममा परेका नागरिक तथा पर्यटकहरूको उद्धार प्रभावकारी बनेको उनको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ