नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा भारत पराजित भएको छ। बुधबार नेपालले भारतको सिकिमस्थित पाल्जोर रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको हो।
नेपालको जितमा गोलकिपर अञ्जना राना नायक बनिन्। उनले २ पेनाल्टी रोक्न सफल भइन्। अञ्जनाले भारतका प्रिया दार्शीनी र अस्टम ओरामको प्रहार विफल बनाइन्। भारतकी एक खेलाडीको प्रहार भने दिशा लिन नसक्दा सिधै पोस्ट बाहिर गयो।
नेपालबाट भएको चार पेनाल्टी प्रहारमध्ये निशा थोकर, सविताराना मगर र रश्मीकुमारी घिसिङले गोल गरिन्। अनिता बस्नेतको प्रहार भारतकी गोलकिपर साउमिया नारायासमीले बचाइन्।
त्यसअघि निर्धारित समयमा मैत्रीपूर्ण फुटबल १-१ को बराबरीमा समाप्त भएपछि नतिजा पेनाल्टी सुटआउटबाट भएको हो। खेलको ३०औँ मिनेटमा सौम्या गुगूल्टोहको गोलमा भारतले अग्रता बनाएको थियो।
नेपालीकी रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएकी थिइन्।
यो नेपाल र भारतबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो। नेपालले यसअघि इरान, घरेलु टोली समिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल अन्तर्गत भएको खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो।
सम्बन्धित खबर
‘केपी ओलीले महत्व नदिएको भए रंगशाला बन्ने थिएन, यो परियोजना महिनौं र वर्षौंसम्म लाग्ने थियो: क्यान अध्यक्ष चन्द
पारसले युवालाई गराए सचेतः एनपीएल विश्वभरीबाट हेरिन्छ, कुनै पनि खालको घुसपैठ र नराम्रो घटनाले देशको ईज्जतमा ठूलो असर पुग्छ
कालीगण्डकी राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श माविलाई
पोखराको आर्वामा विहीबारदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस, १३ देशका ६० साइक्लिस्ट सहभागी
दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट