नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा भारत पराजित भएको छ। बुधबार नेपालले भारतको सिकिमस्थित पाल्जोर रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको हो।
नेपालको जितमा गोलकिपर अञ्जना राना नायक बनिन्। उनले २ पेनाल्टी रोक्न सफल भइन्। अञ्जनाले भारतका प्रिया दार्शीनी र अस्टम ओरामको प्रहार विफल बनाइन्। भारतकी एक खेलाडीको प्रहार भने दिशा लिन नसक्दा सिधै पोस्ट बाहिर गयो।
नेपालबाट भएको चार पेनाल्टी प्रहारमध्ये निशा थोकर, सविताराना मगर र रश्मीकुमारी घिसिङले गोल गरिन्। अनिता बस्नेतको प्रहार भारतकी गोलकिपर साउमिया नारायासमीले बचाइन्।
त्यसअघि निर्धारित समयमा मैत्रीपूर्ण फुटबल १-१ को बराबरीमा समाप्त भएपछि नतिजा पेनाल्टी सुटआउटबाट भएको हो। खेलको ३०औँ मिनेटमा सौम्या गुगूल्टोहको गोलमा भारतले अग्रता बनाएको थियो।
नेपालीकी रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएकी थिइन्।
यो नेपाल र भारतबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो। नेपालले यसअघि इरान, घरेलु टोली समिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल अन्तर्गत भएको खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला