काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी प्रतियोगिताको दोस्रो संस्करणको पहिलो दिनको टिकट बिक्री भइसकेकाले टिकट नहुने दर्शकलाई घरबाटै खेल हेर्न अनुरोध गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वसन्ध्यामा एक भिडिओ सार्वजनिक गर्दै खड्काले क्रिकेटप्रेमीहरूलाई संयमता अपनाउन आग्रह गरेका हुन् ।
“राज्यको अहिलेको परिस्थितिमा हामीले ग्राउन्डमा आएर धेरै हुलमुल गर्नुभन्दा पनि टिकट भएकाहरू ग्राउन्डमा हुनुहुन्छ । टिकट नहुनेहरूले आफ्नो घरमा बसेर क्रिकेट हेरेर र नेपाली क्रिकेटलाई साथ सहयोग गरिदिनुहुन्छ भन्नेमा हामी विश्वस्त छाैँ,” खड्काले भने ।
यो प्रतियोगिता विश्वस्तरमा संसारले हेर्ने भएको कारण कुनै पनि खालको घुसपैठ र नराम्रो घटनाले नेपाली क्रिकेट र देशको नै समग्र इज्जत/मानमा ठुलो असर गर्नेतर्फ सबैलाई सचेत गराउँदै खड्काले जिम्मेवार दर्शकको भूमिका निभाउन अपिल गरे ।
उनले निरन्तर साथ, सहयोग र माया दिइरहेका सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली क्रिकेटका समर्थकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा नेपालमा ठुला-ठुला राष्ट्रहरूलाई पनि क्रिकेट खेल्न बोलाउन सकिने गरी एनपीएललाई सफल बनाउन सहयोग गर्न आग्रह गरे ।
सार्वजनिक तालिकाअनुसार एनपीएलको पहिलो खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच हुनेछ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’