पोखरा जेसीजको ४६ औं शाखा अधिवेशन तथा ५१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। उक्त अधिवेशनले वर्ष २०२६ का लागी नयाँ नेतृत्व चयन गरेको छ । जसअन्तर्गत अध्यक्षमा सुमन पहारी निर्वाचित भएका छन्।
उनले अध्यक्ष पदका अर्का उम्मेदवार अनन्त प्रधानाङ्गलाई २६ मतान्तरले पराजित गर्न सफल भएका हुन् । ७८ मतदातासूची रहेको उक्त निर्वाचनमा जम्मा ७४ मत मात्र खसेको थियो ।
पहारीले ५० मत प्राप्त गरे । प्रधानाङ्गलाई जम्मा २४ मत मात्र प्राप्त भएको थियो। अध्यक्ष पदका अर्का प्रत्यासी श्रीकृष्ण सुनार मतदानमा सहभागी नहुँदै बाहिरिएपछि मुख्य प्रतिस्पर्धा पहारी र प्रधानाङ्गबीचमै सीमित भएको थियो।
यस्तै, नयाँ कार्यकारिणी उपाध्यक्षमा रबिन्द्र गोदार र उपाध्यक्षहरुमा सरोज पौडेल, सुजल गोदार, सन्दीप श्रीस र मुकेश अर्याल चयन भएका छन् । महासचिवमा सन्जय पौडेल, कोषाध्यक्ष राजकुमार बोहोरा, सचिव मिना कुमारी थापा र कानुनी सल्लाहकार श्रीकृष्ण सुनार चुनिए ।
त्यस्तै, निर्देशक पदमा बिनय सुवेदी, डम्बर खडायत, सन्तोष सुनार, बिबेक सापकोटा लगायत चुनिएका छन्।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएको पोखरा जेसीजका पूर्व अध्यक्ष तथा निर्वाचन आयुक्त गणेश गिरीले जानकारी गराए । नयाँ नेतृत्वले २०२६ का लागि संस्थालाई थप सक्रिय, प्रभावकारी र समुदायमुखी बनाउने पहारीले प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन