पोखरा । म्यानपावर कम्पनी एमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिसेस् प्रालिको पोखरा शाखा कार्यालयमा समाचार संकलनका लागि पुगेका चार पत्रकारमाथि सञ्चालकले अभद्र व्यवहार गरेका छन् । कास्कीका पत्रकारहरू विजय नेपाली, सुरेश सुनार, अर्जुन हिताङ र विष्णु बिकमाथि दुर्व्यवहार भएको हो ।
विदेशमा रोजगारीको सम्झौता अनुसारको काम तथा पारिश्रमिक नपाएको पीडित पक्षले पत्रकार सामु गुनासो गरेपछि पत्रकारहरू कम्पनी पक्षको प्रतिक्रिया लिन मंसिर १ गते पोखरा ८, सभागृह नजिकै रहेको कार्यालय पुगेका थिए ।
त्यसक्रममा ब्राञ्च डाइरेक्टर दिनेश मगरले २०/२५ जनाको समूहका मानिसहरू बोलाई घेरा हालेर बाहिर निस्कन नदिइकन डर, धाकधम्की, गालीगलौज, अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेको पत्रकारहरुले बताएका छन् । ‘हामी सञ्चारकर्मीले खिचेको भिडियो डिलिट गर्न लगाई अन्दाजी २ घण्टासम्म मेनपावरभित्र राखी बाहिर निस्कन नदिई हातपातको प्रयाससमेत गरी अभद्र व्यवहार गरे’ पत्रकारहरुले भनेका छन् ।
उनीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा मगर विरूद्ध उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले दुवै पक्षलाई छलफलका लागि आइतबार कार्यालयमा उपस्थित हुन भनेको छ ।
यसैबीच, समाचार संकलनको क्रममा पत्रकारहरूमाथि गरिएको दुर्व्यवहारको घटनाप्रति पत्रकारका विभिन्न संघ संगठनहरुले आपत्ति जनाउँदै दोषी उपर कडा कारबाही गर्न माग गरेका छन् ।
नेपाल प्रेस युनियन कास्की, प्रेस चौतारी नेपाल कास्की, प्रेस सेन्टर नेपाल कास्की, खेलकुद पत्रकार मञ्च गण्डकीले विज्ञप्ति जारी गर्दै मेनपावर सञ्चालकको यस्तो कार्य प्रेस स्वतन्त्रता, पत्रकारिताको मर्यादा र कानूनी व्यवस्थामाथिको खुला चुनौती भएको बताएको छ ।
समाचार सन्तुलित बनाउन आरोपित पक्षको भनाई लिन पुगेका पत्रकारमाथि फोटो–भिडियो डिलिट गराउने, थुनेर राख्ने तथा गलत कामको साक्षी बस्न बाध्य पार्ने जस्ता गतिविधिको घोर निन्दा र भत्र्सना गरिएको संस्थाहरुले उल्लेख गरेका छन् ।
संवाद र कानूनी प्रक्रियाबाट विषय समाधान गर्ने विकल्प हुँदाहुँदै पत्रकारमाथि गरिएको अमानवीय व्यवहारको छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन उनीहरुले जोडदार माग गरेका छन् । समाजका विकृति–विसंगति उजागर गर्न, समस्यामा परेका नागरिकको आवाज मुखरित गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको भन्दै पत्रकारमाथि हुने यस्ता दुव्यवहार नगर्न नगराउन चेतावनी समेत दिइएको छ ।




सम्बन्धित खबर
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
चलचित्र पत्रकार संघ कास्कीमा सन्तोषको नेतृत्वमा नयाँ कमिटी
प्रतिभामा एचएमका विद्यार्थीको कला र सीप प्रदर्शन
कालिका क्याम्पसमा केसी परिवारद्वारा ३ करोड बढी लगानीमा पुस्तकालय भवन
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति