स्वास्थ्य शिविरमा सात सयभन्दा बढी लाभान्वित

स्वास्थ्य शिविरमा सात सयभन्दा बढी लाभान्वित

chapakot-health-camp2

स्याङ्जाको चापाकोट नगरपालिका –४ मा सञ्चालन भएको वृहत स्वास्थ्य शिविरमा सात सय २७ जनाले प्रत्यक्ष उपचार सेवा पाएका छन् । गाउँमै विशेषज्ञसहितको सेवा पाइने भएपछि चापाकोटसँगै हरिनास र बिरुवा गाउँपालिकाबाट समेत नागरिकहरू पुगेका थिए ।

खुमा अर्याल फाउन्डेसनले सातौँ स्थापना दिवसको अवसरमा मल्याङकोट स्वास्थ्यचौकी दार्सिङमा शिविर सञ्चालन गरेको हो । चापाकोट नगरपालिकाको समन्वयमा गण्डकी मेडिकल कलेज पोखरा र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा साधारण जाँचदेखि भिडियो एक्स–रे, इको, इसीजी, महिलाका लागि पाठेघर क्यान्सर स्क्रिनिङलगायत सेवा उपलब्ध गराइएको थियो । जटिल समस्या देखिएका बिरामीहरूलाई गण्डकी मेडिकल कलेजमा रिफर गरिएको छ । रिफर भएकालाई औषधिमा पाँच प्रतिशत र सेवामा २० प्रतिशतसम्म छुट रहने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।

शिविरमा चापाकोट नगरप्रमुख देवबहादुर खाण (ईश्वर)ले “गाउँ क्षेत्रमा विशेषज्ञसहितक्ल उपचार पुग्दा गाउँका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको” प्रतिक्रिया दिए । यस्तै, फाउन्डेसनका संस्थापक तथा उद्यमी खुमाप्रसाद अर्यालले “गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने अभियान निरन्तर चलाइने” बताए ।

हरेक वर्ष मङ्सिर ५ मा स्थापना दिवसका कार्यक्रम गर्दै आएको फाउन्डेसनले यसपालि पनि गाउँ लक्षित स्वास्थ्य सेवा अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds