स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्ष पूरा हुने क्रममा उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो कृति ‘विविशारा’ माथि विशेष विमर्श र सिर्जना वाचन भएको छ ।
वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान २०७६ को ३७औँ पाइलाका रूपमा गरिएको यो कार्यक्रम वालिङ् -६ मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्टको सभाहलमा अनौपचारिक तर प्रभावपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
भोजपुरको टेम्केमयुँ गाउँपालिका -६ मा जन्मिएर हाल मोरङको सुन्दरहरैँचा नगरपालिका –९, विराटचोकमा बस्दै आएका घिमिरे लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय छन् । संस्कृतमा आचार्यसम्म अध्ययन गरेका उनी रेडियो पत्रकारितामा एक दशक बिताइसकेका र विभिन्न साहित्यिक संस्थामा नेतृत्व भूमिका सम्हाल्दै आएका नाम हुन् । उनका कृतिहरू साधकको पहिचान बोकेर पाठकसमक्ष पुगेका छन् ।
फिनिक्स बुक्स, काठमाडौंले प्रकाशित गरेको ‘विविशारा’ उपन्यास प्रेम, विश्वास र जीवनका गहिरा मनोदशामाथि आधारित छ । “संसारमा अलौकिक प्रेम अझै बाँकी छ, विश्वास गर्न सकियो भने जीवनले नयाँ उज्यालो दिन्छ,” भन्ने मूल कथ्यले उपन्यासको केन्द्र ओगटेको छ ।
कार्यक्रममा पहिलो चरणमा समीक्षक लक्ष्मीप्रसाद रेग्मी र शान्ता थापाले कृतिमाथि आफ्ना दृष्टिकोण राखेका थिए । उपन्यासकार घिमिरेले पनि लेखकीय अनुभव सुनाउँदै ‘विविशारा’ को अन्तर्मन यात्रा प्रस्तुति गरेका थिए ।
यस कार्यक्रममा संयोजन युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए । दोस्रो चरणमा स्याङ्जाका सक्रिय स्रष्टाहरु विष्णु पङ्गेनी पाण्डे, बोधराज न्यौपाने, राजु गैह्रे, लीलाप्रसाद रेग्मी, अग्निकुमार रेग्मी पल्लव, कमलप्रसाद बगाले, इन्द्रप्रसाद पाठक, झवनाथ बस्याल, दमकुमारी बगाले, युवराज सुवेदी, वसन्त खनाल, प्रेमप्रसाद सुवेदी, दिलीप तिवारी, ढालबहादुर केसी, लेखनाथ काफ्ले, शम्भु अर्याल, अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनीलगायतले आफ्ना रचना वाचन गर्दै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए ।
सम्बन्धित खबर
स्याङ्जाबाट नेपाली कांग्रेसका ३३ जनाको नाम सिफारिस
पञ्चेबाजाको तालमा महिला अधिकारका स्वर
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला