सात जना बालिका र एक महिलालाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा प्रमोद ढकाललाई २५ वर्षको जेल सजाय तोकिएको छ । उनलाई बेलायतको क्याम्ब्रिज क्राउन अदालतले त्यस्तो सजाय सुनाएको हो ।
बीबीसीका अनुसार १७ वर्षसम्म चलेको अपराध कर्मका दौरान ढकालले आठ वर्षकी एक बालिकामाथि समेत बलात्कार गरेको अदालतले बताएको छ ।
पिटरबरोको ग्रेन्ज रोडका बासिन्दा ४९ वर्षीय ढकाललाई त्यहाँको अदालतले २५ वटा यौन अपराधमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको छ । उनले गरेका अपराधहरूमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कारका पाँच मुद्दा र १३ वर्षभन्दा बढी उमेरका बालिकामाथि बलात्कारका दुई मुद्दा समावेश थिए ।
ढकालको पुर्ख्यौली घर कास्की र पछि काठमाडौँमा गएर बसेको बताइन्छ । ढकाल केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका थिए।
सन् २०२३ नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग गोप्य कुरा खोलेपछि ढकाल पक्राउ परेका थिए। त्यसपछि थप सात जना पीडित खुलेका थिए।
पीडितमध्ये एक जनाबाहेक सबै यौन दुराचार गरिँदा बालिका थिए; त्यसमा सबैभन्दा सानीको उमेर जम्मा ८ वर्ष थियो। सात जना पीडित क्याम्ब्रिजसायरका र एक जना लन्डनकी थिइन्। धेरै जना पीडितले विश्वास नगर्ने डरले लामो समयसम्म मुख खोलेका थिएनन्।
क्याम्ब्रिज क्राउन कोर्टका न्यायाधीश मार्क बिसपले सोमबार (डिसेम्बर १) मा ढकालविरुद्ध २५ वर्ष कैद र थप ८ वर्ष ‘विस्तारित लाइसेन्स अवधि’ (रिहा भए पनि कडा निगरानी) को सजाय सुनाएका हुन्।
सम्बन्धित खबर
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति