फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

Tractor-niyantran-fedikhola

स्याङ्जाको फेदीखोला क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा र गिट्टी उत्खनन तथा ओसारपसार गर्ने दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध उत्खनन तथा ओसारपसारमा संलग्न ग १ त ७१३३ र ग १ त ५४१८ नम्बरका ट्याक्टरलाई फेदीखोला गाउँपालिका–२ र ३ को सिमाना सेतीखोला–भाटखोला क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।

प्रहरीले दुवै ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि फेदीखोला गाउँपालिका कार्यालय पठाएको प्रहरी निरीक्षक कार्कीले बताए । प्रहरीले अवैध उत्खनन रोक्न जिल्लामै निगरानी कडा पारेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ