बढ्दो लैङ्गिक हिंसाका घटनाबीच गण्डकी प्रदेश सरकारअन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले चापाकोटमा दुईदिने आत्मरक्षा तालिम सम्पन्न गरेको छ । समाजमा बालिका र किशोरीमाथि हुने विभिन्न प्रकारका हिंसा, दुर्व्यवहार र जोखिम कम गर्न लक्ष्य राखी तालिम चापाकोट सिटीहलमा सञ्चालन गरिएको हो ।
तालिममार्फत सहभागी किशोरीलाई एक्लै हिँडडुल गर्ने बेला वा मेलापात, घाँसदाउरा जाँदा पर्न सक्ने जोखिममा कसरी प्रतिकार गर्ने भन्ने सीप सिकाइएको हो । तालिममा गुड टच–ब्याड टच पहिचान, नेतृत्व विकास, साइबर अपराधबाट बच्ने उपायदेखि शारीरिक तथा मानसिक सुरक्षाका चरणहरूमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आत्मरक्षा तालिमले महिलामाथि समाजले बनाएका पुराना सीमाना तोड्न मद्दत पुर्याउने बताइन् ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले तालिमले किशोरीलाई सुरक्षा सीपसँगै आत्मविश्वास बढाउन सहयोग गर्ने बताए । प्रहरी नायब उपरीक्षक दिपक मल्लले लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना र कानुनी प्रक्रिया दुवैमा जोड दिनुपर्ने धारणा राखेका थिए ।
कराँते प्रशिक्षक तास्बिन पुनको टोलीले प्रयोगात्मक आत्मरक्षा सीप सिकाएको थियो । प्रशिक्षक आयुष्मा काफ्लेले गुड टच–ब्याड टचबारे प्रशिक्षण दिइन् भने बिना रेग्मीले नेतृत्व विकास सम्बन्धी सत्र सञ्चालन गरिन् ।
चापाकोट नगरक्षेत्रका विद्यालय तथा जिल्ला बाल सञ्जालका ६० जना बालिका र किशोरी तालिममा सहभागी भएका थिए ।
सम्बन्धित खबर
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु