आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा नेपाली काँग्रेसभित्र उम्मेदवारका दाबीहरू बढेका छन् । जिल्लाका दुवै संघीय क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३३ जनाले आधिकारिक रूपमा दाबी पेश गरेका छन् ।
स्याङ्जा–१ बाट प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ४ जनाले नाम दर्ता गराएका छन् । प्रत्यक्षतर्फ दाबी गर्नेमा धनराज गुरुङ, राजु थापा, मेखलाल श्रेष्ठ, गोविन्दबहादुर रानाभाट, खुमा प्रसाद अर्याल, बुद्धि बहादुर राना(कुमार), इन्द्रबहादुर रिजाल, अजित अधिकारी खेत्री, प्रेमराज पौडेल, भरतराज ढकाल र बन्दना कुमारी लम्साल छन् ।
समानुपातिकतर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलिपाश्री अधिकारीले दाबी पेश गरेका छन् ।
त्यस्तै, स्याङ्जा–२ बाट प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ६ जनाले दाबी पेश गरेका छन् । प्रत्यक्षमा धनराज गुरुङ, गोपालमान श्रेष्ठ, खुमा प्रसाद अर्याल, भागवतप्रकाश मल्ल, मोहनप्रसाद पाण्डे, शेषकान्त पुरी, केदार काफ्ले, विष्णु पौडेल, युवराज पाण्डे, श्याम बस्याल, ध्रुव शर्मा पंगेनी र माया राना रहेका छन् ।
समानुपातिकमा भूमि शर्मा पाण्डे, तुलसी नेपाली, देवका राना, विमला श्रेष्ठ, लिलबहादुर रनपाल र सूर्य माझीले दाबी पेश गरेका हुन् ।
सम्बन्धित खबर
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
भीरकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि भाग्योदय माविलाई
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला