आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा नेपाली काँग्रेसभित्र उम्मेदवारका दाबीहरू बढेका छन् । जिल्लाका दुवै संघीय क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३३ जनाले आधिकारिक रूपमा दाबी पेश गरेका छन् ।
स्याङ्जा–१ बाट प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ४ जनाले नाम दर्ता गराएका छन् । प्रत्यक्षतर्फ दाबी गर्नेमा धनराज गुरुङ, राजु थापा, मेखलाल श्रेष्ठ, गोविन्दबहादुर रानाभाट, खुमा प्रसाद अर्याल, बुद्धि बहादुर राना(कुमार), इन्द्रबहादुर रिजाल, अजित अधिकारी खेत्री, प्रेमराज पौडेल, भरतराज ढकाल र बन्दना कुमारी लम्साल छन् ।
समानुपातिकतर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलिपाश्री अधिकारीले दाबी पेश गरेका छन् ।
त्यस्तै, स्याङ्जा–२ बाट प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ६ जनाले दाबी पेश गरेका छन् । प्रत्यक्षमा धनराज गुरुङ, गोपालमान श्रेष्ठ, खुमा प्रसाद अर्याल, भागवतप्रकाश मल्ल, मोहनप्रसाद पाण्डे, शेषकान्त पुरी, केदार काफ्ले, विष्णु पौडेल, युवराज पाण्डे, श्याम बस्याल, ध्रुव शर्मा पंगेनी र माया राना रहेका छन् ।
समानुपातिकमा भूमि शर्मा पाण्डे, तुलसी नेपाली, देवका राना, विमला श्रेष्ठ, लिलबहादुर रनपाल र सूर्य माझीले दाबी पेश गरेका हुन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन