स्याङ्जाको पुतलीबजार नगरपालिका –१ का श्यामप्रसाद श्रेष्ठले ६२ वर्षपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रयोग गरेको जग्गाको मुआब्जा प्राप्त गरेका छन् । सर्वोच्च अदालतको फैसला र मुआब्जा समितिको निर्णयअनुसार श्रेष्ठले एक करोड रुपैयाँ पाएका हुन् ।
श्रेष्ठ परिवारको साबिक २७८० नम्बर कित्ताको ५–१२–१–२ क्षेत्रफलको जग्गा बाजे शिवलाल श्रेष्ठले १९९५ सालमा पाटे दर्ता र २०२२ सालमा पिता गुञ्जमान श्रेष्ठले भूमिसुधार ७ नम्बर फारम भरी भोगचलन गर्दै आएको थियो । सोही जग्गामा प्रशासनिक भवन निर्माण भएपछि मुआब्जा माग गर्दै लामो समयदेखि प्रक्रिया अघि बढाइएको थियो ।
सर्वोच्च अदालतले मुआब्जा समितिको निर्णयअनुसार रकम दिन आदेश दिएको आठ वर्षपछि गत कार्तिक २४ गते मन्त्रिपरिषद् बैठकले भुक्तानी गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय भएको करिब एक महिनामै मुआब्जा समितिले निर्धारण गरेको रकम श्रेष्ठको बैंक खातामा जम्मा भएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।
जग्गाको खोजीमा विभिन्न निकाय धाउँदै २०७० जेठ ७ गते परमादेशको मागसहित सर्वोच्च पुगेका श्रेष्ठलाई २०७४ जेठ ९ गते न्यायाधीश दीपककुमार कार्की र अनिलकुमार सिन्हाको इजलासले छ महिनाभित्र क्षतिपूर्ति वा सोधभर्ना दिन आदेश दिएको थियो । यसअघि २०६९ कार्तिक २ गते मुआब्जा समितिले दिनु नपर्ने निर्णय गरेको थियो ।
सर्वोच्चको फैसलापछि २०७७ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङको संयोजकत्वमा गठित मुआब्जा समितिले एक करोड रुपैयाँ निर्धारण गरी गृह मन्त्रालयमा सिफारिस गरेको थियो । साबिक जिल्ला सदरमुकाम नुवाकोटबाट २०२० सालमा पुतलीबजार सारिँदा श्रेष्ठको जग्गामा रहेको प्रशासन भवन हाल आफ्नै जग्गामा सारिएको छ ।
वर्षौंदेखि चलेको मुद्दा टुंगिएसँगै मुआब्जा पाएको भन्दै श्रेष्ठले आफ्नो जग्गाको मूल्य धेरै भए पनि अदालत र समितिको निर्णयअनुसार चित्त बुझाएको बताए । सर्वोच्चको फैसलाअनुसार दाजुभाइलाई १३ प्रतिशत र आफूले ८७ प्रतिशत हिस्सा लिएको श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस