नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ

सहयोग

नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ

bhanu (2)

बाग्लुङ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, गण्डकी प्रदेश पोखराले कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी (CSR) अन्तर्गत बाग्लुङ जिल्लाको बडीगाड गाउँपालिका–५ ग्वालीचौरस्थित श्री भानु उच्च माध्यमिक विद्यालयका १०० जना विद्यार्थीलाई नेपाल टेलिकमको लोगो अंकित स्कुल ब्याग वितरण गरेको छ।

प्रमुख अतिथि नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालय पोखराका निर्देशक बसन्त लिङथेपले विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्दै नेपाल टेलिकमले सञ्चार क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गरे । उनले नेपाल टेलिकम गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पनि बताए ।

बडीगाड गाउँपालिकाका उपप्रमुख भिमसेन वनले सेवाको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै गाउँपालिका नेपाल टेलिकमसँग सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गरे ।

नेपाल टेलिकम बाग्लुङका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर सन्तोषकुमार बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव खरेलले स्वागत मन्तव्य व्यक्त गरे भने प्राविधिक तथा व्यापार शाखा प्रमुख महेन्द्रप्रसाद रिमालले सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहायक प्रधानाध्यापक दिनेशमणि लामिछानेले नेपाल टेलिकमले प्रदान गर्दै आएका सेवाहरूका बारेमा जानकारी गराएका थिए ।

उक्त अवसरमा निर्देशक लिङथेपले बडीगाड गाउँपालिका–५ अन्तर्गत ग्वालीचौर र खौलार बजार क्षेत्रमा द्रुत गतिको इन्टरनेट FTTH सेवाको शुभारम्भ गरे । सो सेवाको पहिलो ग्राहकका रूपमा श्री भानु उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई राउटर हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा अभिभावकहरूलाई नमस्ते मोबाइलका सिमकार्ड निःशुल्क वितरण गरिएको थियो भने नेपाल टेलिकमका प्राविधिक तथा कर्मचारीहरूले ग्वालीचौर क्षेत्रमा FTTH जडानका साथै घरदैलोमा टेलिकमका सेवाबारे जानकारी गराएका थिए।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds