लक्ष्मी ग्रुप प्रा.लि.ले आफ्नो ५२ औं स्थापना दिवस शनिबार एक समारोहको आयोजना गरि मनाएको छ ।
बटुकद्वारा स्वस्ती वाचन एवम् ग्रुपका कार्यरकारी निर्देशक सुनिल श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी सुरुवात गरिएको कार्यक्रममा कम्पनीमा ५, १०, १५ , २० र ३० वर्ष सेवा गर्ने २१ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै कार्यकारी निर्देशक श्रेष्ठले आज भन्दा ५२ वर्ष अघि स्व. हजुर आमा पुतली देवी श्रेष्ठको छत्र छाँयाँमा बुवाहरु द्वय बुद्धि बहादुर श्रेष्ठ र गणेश बहादुर श्रेष्ठले स्थापना गरेको लक्ष्मी मिठाई भण्डारले सबैको साथ, सहयोग र समर्थनले आजको यो रुप लिएको बताए । यसका साथै आगामी दिनमा समेत यस किसिमको साथ सहयोग निरन्तर रहने कुरामा आफु विस्वस्त रहेको कुरा बताए ।
कार्यक्रममा सम्मानित कर्मचारीलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ एवम् धर्मपत्नी मन लक्ष्मी श्रेष्ठ, निर्देशकहरु चन्द्र बहादुर राजभण्डारी, कृष्ण बहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुब्रत श्रेष्ठ र अनुभव श्रेष्ठले सम्मान स्वरुप मायाको चिनो एवम् प्रंशसा पत्र प्रदान गरेका थिए ।

यसका साथै ५२ औं स्थापना दिवसको अवसरमा कर्मचारीहरु विच भाईचाराको अभिवृद्वी गर्ने उद्देश्यले आयोजना गरिएको खेलकुद कार्यक्रम अन्तरगत महिला तथा पुरुष एकल ब्याटमिन्टन र फुट्सल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
त्यसैगरि ५२ औं स्थापना दिवस कै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले पहिलो रक्तदाता महेन्द्र थापा लाई ब्लड ब्याग हस्तान्तरण गरि सुरुवात गरिएको सो कार्यक्रममा जम्मा ८५ जनाले रक्तदान गरेका थिए । यस प्रकारको रक्तदान कार्यक्रम कम्पनिले सोसियल कर्पोरेट रेस्पोन्सीविलिटी अन्तरगत हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको कम्पनीले जनाएको छ ।
सो समारोहमा कम्पनीका मानव संसाधन विभागका महाप्रवन्धक श्याम मल्लले कार्यक्रम आयोजनको उद्देश्य माथि प्रकाश पार्दे प्रतिष्ठानले संथागत सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य तथा खेलकुद एवम् धार्मिक क्षेत्रका विभिन्न विधाहरुमा कम्पनीले हाल सम्म देखाएको सक्रियता एवम् समुदायमा यु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमलाई प्रताप आचार्यले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
लक्ष्मी ग्रुपको ५२ औं कर्पोरेट डे मा ८५ जनाले गरे रक्तदान
फेदीखोलामा पाँचौ कृषि मेला सम्पन्न, ८५ कृषक पुरस्कृत
भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रणमा
यो पनि पढौँ
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गर्दै
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ