पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य सवारी चढे भन्दै यात्रुसँग अभद्र व्यवहार गर्ने ५ जना ट्याक्सी चालकलाई कारबाही गरिएको छ।
विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ जाने क्रममा ट्याक्सी चालकले यात्रुसँग गरेको व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नागरिक उड्डयन कार्यालयले उनीहरूलाई १ महिनाको प्रतिबन्ध लगाएको हो।
केहीदिन अघि काठमाडौंबाट आएकी एकजना महिला यात्रुले आफ्नो सवारीलाई लिन बोलाएकी थिइन। तर, विमानस्थलका ट्याक्सी चालकले आफन्तलाई लिन गएको उक्त सवारीका चालकलाई अभद्र व्यवहार गर्दै यात्रुमाथि दुर्व्यवहार गरेपछि विमानस्थलमा उजुर समेत परेको थियो।
गत पुस ३ गते भएको उक्त घटनाका सम्बन्धमा पुस ४ गते कार्यालयमा निवेदन पेस भएको थियो। सोही निवेदनका आधारमा विमानस्थलस्थित सुरक्षा गार्ड कार्यालयले गरेको जाँचबुझ र छानबिनबाट दोषी देखिएका ५ जना चालक र उनीहरूका ट्याक्सीलाई पुस ८ गतेदेखि लागू हुने गरी १ महिनासम्म विमानस्थलमा सेवा प्रदान गर्न रोक लगाइएको कार्यालयकी प्रवक्ता जशोदा सुवेदीले जानकारी दिइन्।
विमानस्थल कार्यालयले अब उप्रान्त सेवा प्रदान गर्ने सम्पूर्ण चालकलाई यात्रुसँग नम्र, सभ्य, शालीन र मर्यादित व्यवहार गर्न निर्देशन दिएको छ। निर्देशन पालना नगरेको पाइएमा कानुन अनुसार थप कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यसैबिच, विमानस्थलले अनलाइन एपमा आधारित सवारी साधनहरू इनड्राइभर र पठाओलाई पनि तोकिएको नियम पालना गरी सेवा दिन बाटो खुला गरेको छ। अबदेखि यस्ता सवारी साधनले तोकिएको स्थानमा यात्रु छोड्न (ड्रप) पाउनेछन् भने नियमानुसारको शुल्क तिरी विमानस्थलको पार्किङ क्षेत्रमा सवारी राखी यात्रु चढाउन (पिक अप) पाउनेछन्।
अनलाइन एपमार्फत सेवा दिने यस्ता सवारी साधनलाई विमानस्थलमा चल्ने ट्याक्सी चालकहरूले कुनै पनि किसिमको अवरोध गर्न नपाउने निर्णय समेत कार्यालयले गरेको छ।
यस्तै, विमानस्थलको पहुँच मार्ग (एक्सेस रोड) को दायाँ-बायाँ सवारी साधन रोक्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले सो क्षेत्रमा आफ्ना आफन्त वा यात्रु पर्खिएर सवारी नरोक्न समेत सबैमा अपिल गरिएको छ। यदि विमानस्थल क्षेत्रभित्र जथाभाबी रूपमा सवारी साधन रोकेको पाइएमा कानुन बमोजिम कारबाही गरिने व्यहोरा विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो